फक्ताङलुङमा बाढीले बगाएका पुलको पुनःनिर्माण कार्य सुरु, सतर्क रहन पालिकाको अनुरोध




ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामामा तमोर नदीसहितका खोलामा लगाइएको ५ वटा अस्थायी काठेपुल बाढीले बगाएको छ । बाढीले पुल बगाउँदा यातायात ठप्प भएको छ । बुधबार रातभर परेको वर्षाका कारण तमोर नदीको छिरुवा र तापेथोक, सिँसावा खोला र सिस्ने खोलाको विभिन्न पाँच ठाउँमा रहेको काठेपुल बाढीले बगाएपछि यातायात सेवा अवरुद्ध बनेको हो।

यस्तै तापेथोकस्थित सिँसावा खोला तथा फुङ्लिङ नगरपालिका–१० फुरुम्बु र फक्ताङ्लुङ गाउँपालिका–३ लिङ्खिमको सिमाना भई बग्ने सिस्ने खोलामा रहेको दुईवटा काठेपुल बाढीले बगाएको छ। पालिकाका अध्यक्ष राजन लिम्बू (मुक्ति) का अनुसार बाढीले काठेपुल बगाउँदा र ठाउँ–ठाउँको सडक खण्डमा पहिरो गएका कारण बिहीबार बिहानैदेखि यातायात सेवा अवरुद्ध बनेको हो ।

अवरुद्ध यातायातलाई सुचारु गर्न पुन निर्माणको काम आजबाट नै सुरु गरिएकोले भोलीबाट सुचारु गर्ने गरि काम भई रहेको पालिका अध्यक्ष लिम्बुले जानकारी दिनुभयो । अध्यक्ष लिम्बूले विज्ञप्ति जारी गर्दै पालिकावासीलाई सतर्क र सुरक्षित रहन आग्रह गर्नुभएको छ । मनसुनका समयमा आइपर्ने जोखिम र प्राकृतिक विपतबाट बच्न र बचाउनका लागि पालिकावासीलाई सतर्क र सचेत रहन विज्ञप्ति प्रकाशित गरी अनुरोध गर्नुभएको हो।

प्रकाशित मिति : 4:04 pm

मेरिङदेनमा विशेष संरक्षण आवश्यक बालबालिकालाई शैक्षिक प्रोत्साहन भत्ता वितरण

ताप्लेजुङ, असार ११ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिकाले आमा–बाबु गुमाएका

ताप्लेजुङका जेहनदार विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

ताप्लेजुङ, असार ११ गते । ताप्लेजुङका जेहनदार विद्यार्थीलाई शैक्षिक सामाग्री

मिक्वाखोलाको बजेट ४६ करोड ३३ लाख

ताप्लेजुङ, असार ११ गते । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाले ४६ करोड

पाथीभरा याङवरकको बजेट ५२ करोड ८० लाख

ताप्लेजुङ, असार ११ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले ५२

फक्ताङलुङको बजेट ५८ करोड ५५ लाख बढी, खेलाडी र पर्वतारोही सम्मानित

ताप्लेजुङ, असार १० गते । फक्ताङलुङ गाउँपालिकाले ५८ करोड ५५