फक्ताङलुङमा बाढीले बगाएका पुलको पुनःनिर्माण कार्य सुरु, सतर्क रहन पालिकाको अनुरोध




ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामामा तमोर नदीसहितका खोलामा लगाइएको ५ वटा अस्थायी काठेपुल बाढीले बगाएको छ । बाढीले पुल बगाउँदा यातायात ठप्प भएको छ । बुधबार रातभर परेको वर्षाका कारण तमोर नदीको छिरुवा र तापेथोक, सिँसावा खोला र सिस्ने खोलाको विभिन्न पाँच ठाउँमा रहेको काठेपुल बाढीले बगाएपछि यातायात सेवा अवरुद्ध बनेको हो।

यस्तै तापेथोकस्थित सिँसावा खोला तथा फुङ्लिङ नगरपालिका–१० फुरुम्बु र फक्ताङ्लुङ गाउँपालिका–३ लिङ्खिमको सिमाना भई बग्ने सिस्ने खोलामा रहेको दुईवटा काठेपुल बाढीले बगाएको छ। पालिकाका अध्यक्ष राजन लिम्बू (मुक्ति) का अनुसार बाढीले काठेपुल बगाउँदा र ठाउँ–ठाउँको सडक खण्डमा पहिरो गएका कारण बिहीबार बिहानैदेखि यातायात सेवा अवरुद्ध बनेको हो ।

अवरुद्ध यातायातलाई सुचारु गर्न पुन निर्माणको काम आजबाट नै सुरु गरिएकोले भोलीबाट सुचारु गर्ने गरि काम भई रहेको पालिका अध्यक्ष लिम्बुले जानकारी दिनुभयो । अध्यक्ष लिम्बूले विज्ञप्ति जारी गर्दै पालिकावासीलाई सतर्क र सुरक्षित रहन आग्रह गर्नुभएको छ । मनसुनका समयमा आइपर्ने जोखिम र प्राकृतिक विपतबाट बच्न र बचाउनका लागि पालिकावासीलाई सतर्क र सचेत रहन विज्ञप्ति प्रकाशित गरी अनुरोध गर्नुभएको हो।

प्रकाशित मिति : ३१ जेष्ठ २०८१, बिहीबार १६:०४

२४ औँ सशस्त्र प्रहरी दिवसमा ताप्लेजुङमा रहेर उत्कृष्ट कार्य गर्ने सशस्त्र प्रहरी पुरस्कृत

रेडियो काबेलीताप्लेजुङ । “२४ औँ सशस्त्र प्रहरी दिवस २०८१” को

“चोरी” मानसिकअसन्तुलनको प्रतिफल

ई. वीरेन्द्र श्रेष्ठताप्लेजुङ । चोरी एउटा पुरानो र गम्भीर सामाजिक

मेरिङदेनको पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि पृथ्वी मावि खाम्लुङलाई

ताप्लेजुङ । मेरिङदेन गाउँपालिकाको पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको

नाटक “मुक्कुमलुङ” विश्वासको शक्ति युट्युबमा सार्वजनिक

काठमाडौं । डा.चित्र माबोको कथासंग्रह “डोलीभर्ना”मा आधारित नाटक मुक्कुमलुङ विश्वासको

पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढ्यो

रेडियो काबेली । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको