ताप्लेजुङमा १९ पुल बन्ने



ताप्लेजुङ । ताप्लेजुङमा मोटरेवल र झोलुङ्गे गरी १९ वटा पुल बन्ने भएको छ । सङ्घीय सरकारको योजनाअन्तर्गत आगामी आर्थिक वर्षमा छ वटा मोटरेवल र १३ वटा झोलुङ्गे गरी १९ वटा पुल बन्ने भएको हो ।

जिल्लाको मैवाखोला गाउँपालिकामा मात्र तीन वटा मोटरेवल (मोटर गुड्ने) पुल बन्ने भएको छ । गाउँपालिकाभित्र पर्ने लोदम्बा खोला, माङ्माया खोला र याङ्देली खोलामा मोटरेल बन्ने भएको हो । यस्तै मेरिङ्देन गाउँपालिकाको लङ्वा खोला, आठराई त्रिवेणीको सोबुवाखोला र पाथीभरा याङ्वरक गाउँपालिकाको फावाखोलामा मोटरेवल पुल बन्ने भएको हो।

यसैगरी यहाँका विभिन्न स्थानीय तहमा १३ वटा झोलुङ्गे पुल निर्माण हुनेगरी योजना परेको छ । जिल्लाको सिरिजङ्घा गाउँपालिकाअन्तर्गत काबेली खोलामा दुई वटा र खोयाखोलामा एउटा झोलुङ्गे पुल बन्ने भएको छ । सिदिङ्वा गाउँपालिकाअन्तर्गत इँवाखोला, तावा खोला र खोरिम्बा खोलामा झोलुङ्गे पुलको योजना परेको छ ।

पाथीभरा याङ्वरक गाउँपालिकाको सेरुपा, मैवा खोला गाउँपालिको माङ्माया र मेरिङ्देनको मुलिङ खोलामा झोलुङ्गे पुल बन्ने भएको हो । मिक्वाखोला गाउँपालिकामा थुम्मा खोला, हाँडीखोला तथा पापुङ र साँवा जोड्ने मेवाखोलामा झोलुङ्गे पुल बन्ने भएको छ । त्यसैगरी फक्ताङ्लुङ गाउँपालिकाको मेनथुक्मा खोला, मेदेम्बा खोला र तावा खोलामा झोलुङ्गे पुल बन्ने छ ।

आठराई त्रिवेणी गाउँपालिका अन्तर्गत फुगुवा खोलामा निघुरादिन र तेह्रथुमको ह्वाकु जोड्न झोलुङ्गे पुल बन्ने भएको हो । गत वर्षको बर्खा याममा गएको बाढी र पहिरोले मोटरेवल साथै झोलुङ्गे पुललाई क्षतिग्रस्त बनाएको र उक्त ठाउँमा नयाँ पुल निर्माण गर्नेगरी योजनाहरू स्वीकृत भएका बताइएको छ । उक्त पुलहरू निर्माणका लागि चार करोड ८१ लाख रुपियाँ बढी बजेट विनियोजन भएको छ । gorkhapatraonline.com

प्रकाशित मिति : 1:54 pm

पाथीभरा याङवरकमा एकीकृत घुम्ती शिविरबाट ६ सय ८७ नागरिक लाभान्वित

ताप्लेजुङ, साउन १३ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले सञ्चालन

फुङलिङ–८ को चारपाटे क्षेत्रमा बुद्धको प्रतिमा स्थापना गरि अनावरण

ताप्लेजुङ, साउन १३ गते  । ताप्लेजुङको फुङलिङ नगरपालिका–८ स्थित धार्मिक

आठराई त्रिवेणी गाउँपालिकाको आठ प्रमुख उपलब्धि सार्वजनिक

ताप्लेजुङ, साउन १३ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले वर्तमान

याङ्मामा फोरजी सेवा विस्तारका लागि पहल

ताप्लेजुङ, साउन १२ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले जिल्लाकै दुर्गम

नापी कार्यालय ताप्लेजुङद्वारा झण्डै दोब्बर राजश्व सङ्कलन

ताप्लेजुङ, साउन १० गते । नापी कार्यालय ताप्लेजुङले झण्डै दोब्बर