ताप्लेजुङमा १९ पुल बन्ने



ताप्लेजुङ । ताप्लेजुङमा मोटरेवल र झोलुङ्गे गरी १९ वटा पुल बन्ने भएको छ । सङ्घीय सरकारको योजनाअन्तर्गत आगामी आर्थिक वर्षमा छ वटा मोटरेवल र १३ वटा झोलुङ्गे गरी १९ वटा पुल बन्ने भएको हो ।

जिल्लाको मैवाखोला गाउँपालिकामा मात्र तीन वटा मोटरेवल (मोटर गुड्ने) पुल बन्ने भएको छ । गाउँपालिकाभित्र पर्ने लोदम्बा खोला, माङ्माया खोला र याङ्देली खोलामा मोटरेल बन्ने भएको हो । यस्तै मेरिङ्देन गाउँपालिकाको लङ्वा खोला, आठराई त्रिवेणीको सोबुवाखोला र पाथीभरा याङ्वरक गाउँपालिकाको फावाखोलामा मोटरेवल पुल बन्ने भएको हो।

यसैगरी यहाँका विभिन्न स्थानीय तहमा १३ वटा झोलुङ्गे पुल निर्माण हुनेगरी योजना परेको छ । जिल्लाको सिरिजङ्घा गाउँपालिकाअन्तर्गत काबेली खोलामा दुई वटा र खोयाखोलामा एउटा झोलुङ्गे पुल बन्ने भएको छ । सिदिङ्वा गाउँपालिकाअन्तर्गत इँवाखोला, तावा खोला र खोरिम्बा खोलामा झोलुङ्गे पुलको योजना परेको छ ।

पाथीभरा याङ्वरक गाउँपालिकाको सेरुपा, मैवा खोला गाउँपालिको माङ्माया र मेरिङ्देनको मुलिङ खोलामा झोलुङ्गे पुल बन्ने भएको हो । मिक्वाखोला गाउँपालिकामा थुम्मा खोला, हाँडीखोला तथा पापुङ र साँवा जोड्ने मेवाखोलामा झोलुङ्गे पुल बन्ने भएको छ । त्यसैगरी फक्ताङ्लुङ गाउँपालिकाको मेनथुक्मा खोला, मेदेम्बा खोला र तावा खोलामा झोलुङ्गे पुल बन्ने छ ।

आठराई त्रिवेणी गाउँपालिका अन्तर्गत फुगुवा खोलामा निघुरादिन र तेह्रथुमको ह्वाकु जोड्न झोलुङ्गे पुल बन्ने भएको हो । गत वर्षको बर्खा याममा गएको बाढी र पहिरोले मोटरेवल साथै झोलुङ्गे पुललाई क्षतिग्रस्त बनाएको र उक्त ठाउँमा नयाँ पुल निर्माण गर्नेगरी योजनाहरू स्वीकृत भएका बताइएको छ । उक्त पुलहरू निर्माणका लागि चार करोड ८१ लाख रुपियाँ बढी बजेट विनियोजन भएको छ । gorkhapatraonline.com

प्रकाशित मिति : 1:54 pm

फुङलिङ नगरपालिकाले दियो  स्थानीय बिदा

ताप्लेजुङ, मंसिर १ गते । फुङलिङ नगरपालिकाले आज स्थानीय बिदा

ताप्लेजुङमा आँखा शिविर : अइतबार सम्ममा १३३ जना भेटिए मोतियाबिन्दुका बिरामी

ताप्लेजुङ, मंसिर १ गते । ताप्लेजुङमा सञ्चालित शल्यक्रिया सहितको निःशुल्क

पाथीभरामा कात्तिक महिनामा ४२ हजार बढी भक्तजन आए 

साहारा लिम्बू ताप्लेजुङ, कात्तिक ३० गते । प्रसिद्ध धार्मिक स्थल पाथीभरा

पाथीभरामा कात्तिक महिनामा ३४ लाख ४८ हजार बढी भेटी सङ्कलन 

साहारा लिम्बूताप्लेजुङ, कात्तिक ३० गते । प्रसिद्ध धार्मिक स्थल पाथीभरा

अन्तराष्ट्रिय आमन्त्रण आमन्त्रण सिरिजङ्गा गोल्ड कप फुटबल प्रतियोगिता सञ्चालन हुने

ताप्लेजुङ, कात्तिक २८ गते । अन्तराष्ट्रिय आमन्त्रण सिरिजङ्गा गोल्ड कप