पाथीभरा क्याम्पसमा राजकुमार गुरुङ अध्यक्षतामा पूर्व विद्यार्थी मञ्च गठन



ताप्लेजुङ । ताप्लेजुङको सदरमुकाम फुङ्लिङस्थित पाथीभरा बहुमुखी क्याम्पसमा पूर्व विद्यार्थी मञ्च गठन भएको छ। पाथीभरा बहुमुखी क्याम्पसमा अध्ययन गरेका पूर्व विद्यार्थीहरूको भेलाले राजकुमार गुरुङ अध्यक्ष रहेको पूर्व विद्यार्थी मञ्च गठन गरेको हो।

पाथीभरा बहुमुखी क्याम्पस पूर्व विद्यार्थी मञ्चको शनिबार सम्पन्न भएको प्रथम भेलाले गुरुङको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो। कार्यसमिति उपाध्यक्ष द्वयमा कुमार खवास र चित्राकुमारी चङ्सु, सचिवमा राजकुमार बानियाँ, सहसचिव जीवन कालिकोटे र कोषाध्यक्षमा तेन्जी याङ्की भोटिया (मादेन) चयन हुनुभएको छ।

कार्यसमिति सदस्यहरूमा दिलकुमार मेन्याङ्बो, हरिचन्द्र पौडेल, प्रजिन हाङ्बाङ, बिना श्रेष्ठ, हाङ्माया लेछर्बो, कृष्णकुमार बस्नेत, दिवस भण्डारी, सर्मिला खतिवडा, सूर्य गुरुङ, पासाङकिपा शेर्पा, सङ्गीता राई, गङ्गादेवी गुरुङ र गणेश दाहाल रहनुभएको छ। क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष गजेन्द्रप्रसाद तुम्याहाङ, क्याम्पसप्रमुख सजन पौडेल, स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु० सभापति अर्जुन खिम्दिङलगायतको उपस्थितिमा भेला सम्पन्न गरिएको बताइएको छ। 

पाथीभरा बहुमुखी क्याम्पसको सर्वाङ्गीण विकासमा सहयोग पुर्‍याउने उद्देश्यसहित पूर्व विद्यार्थी मञ्चको स्थापना गरिएको मञ्चका नवनिर्वाचित अध्यक्ष गुरुङले बताउनुभयो। उहाँका अनुसार क्याम्पसको शैक्षिक अवस्था सुधार साथै भौतिक पूर्वाधार व्यवस्थापन लगायतका काममा मञ्चले आवश्यक सहयोग गर्ने छ। 

प्रकाशित मिति : 1:55 pm

ताप्लेजुङमा चार दिनमा ९५ क्विन्टल चिनी बिक्री

ताप्लेजुङ, असोज २० गते । ताप्लेजुङमा चार दिनको अवधिमा खाद्य

एक करोडको शैक्षिक अक्षयकोष स्थापना

ताप्लेजुङ, असोज १८ गते । केत्तकुम लिबाङ पाङ्पत सयङले एक

ताप्लेजुङमा देउवा समूहले प्रदेशसभा र स्थानीय तहका संयोजक तोक्यो

ताप्लेजु, असोज १९ गते । नेपाली कांग्रेसको देउवा समूहले ताप्लेजुङका

फक्ताङलुङमा विद्यार्थीलाई विद्यालय फर्काउने अभियान, पढाइ छाडेका मनिष पुनः विद्यालय फर्किए

ताप्लेजुङ, असोज १९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले अभिभावक शिक्षा

खेबाङमा खेलकुद महोत्सव हुने

ताप्लेजुङ, असोज १८ गते । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–५ खेबाङमा आगामी