आठराई त्रिवेणीमा ७ दिने उद्घोषण तथा भाषणकला तालिम सुरु



ताप्लेजुङ । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाको केन्द्र हाङ्पामा आइतबारबाट ७ दिने उद्घोषण तथा भाषणकला तालिम सुरु भएको छ । नेतृत्व तथा  क्षमता विकासका लागि महिला उत्थानका लागि प्रगतिशील मञ्चको आयोजनामा उक्त तालिम सुरु भएको हो । 

तालिममा आठराई त्रिवेणी गाउँपालिकाका जनप्रतिनिधि सहित २८ जनाको सहभागिता रहेको महिला उत्थानका लागि प्रगतिशील मञ्च ताप्लेजुङका अध्यक्ष बविता पोमूले जानकारी दिनुभयो । असार १ गते सम्म चल्ने तालिमको  पत्रकार महासंघ ताप्लेजुङका पूर्व अध्यक्ष तथा पत्रकार खगेन्द्र अधिकारीले सहजीकरण गर्नुहुनेछ । 

नेतृत्व क्षमता विकासका लागि तालिम प्रदान गरिएकोले तालिम प्रति उच्च लगाव र मेहनेत लगाउन सहभागीलाई पालिका अध्यक्ष दिपेन्द्र पोमू (दिपेन) ले  आग्रह गर्नु भएको छ । यस्तै उपाध्यक्ष शान्ताकुमारी आङबुहाङले नेतृत्व क्षमतामा सुधार ल्याउन तालिमको आयोजना गरिएको बताउँनुभयो । 

क्षमता र ज्ञान बेगर नेतृत्व विकास सम्भव नहुने देखेर पालिकाले उक्त तालिमको आयोजना गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तबहादुर भट्टराईको भनाई छ । 

प्रकाशित मिति : 1:45 pm

दिनेश खातीको नेतृत्वमा दलित मोर्चा गठन

ताप्लेजुङ, असोज २६ गते । ताप्लेजुङमा नेपाल दलित मोर्चाको जिल्ला

दोभान आगलागीपीडितलाई पाँच लाख ६० हजार राहत

ताप्लेजुङ, असोज २२ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३, दोभान बजारमा

फुङलिङमा सीमा सुरक्षा बैठक हुँदै

ताप्लेजुङ, असोज २२ गते । ताप्लेजुङ र चीनको स्वशासित क्षेत्र

सडक स्तरोन्नतिपछि मैवाखोलामा नयाँ भाडादर कायम

ताप्लेजुङ, असोज २२ गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले सार्वजनिक सवारी

दोभान बजारका आगलागी पीडितलाई नेवा : समाजको राहत

ताप्लेजुङ, असोज २१ गते । ताप्लेजुङ नेवा : समाज काठमाडौंले