कोसीको नीति तथा कार्यक्रममा कांग्रेस सांसदको धारणा : ‘अब पनि नसच्चिए प्रदेशको भविष्य रहँदैन’



विराटनगर । कोसी प्रदेश सरकारले सदनमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथिको छलफलमा कांग्रेस सांसद सहभागी भएका छन् । बुधबार बैठकमा कांग्रेस सांसदहरूले नीति तथा कार्यक्रममाथि आफ्नो धारणा राखेका हुन् ।

गोपाल तामाङ
कांग्रेस कोसी संसदीय दलका प्रमुख सचेतक गोपाल तामाङले आफूहरू नसच्चिएसम्म प्रदेशको भविष्य नहरने बताए । “हामी नसच्चिएसम्म प्रदेशको भविष्य कायम रहन सक्दैन । ताकत राख्यौँ भनेमात्र जनताप्रति उत्तरदायी र जनताप्रति जवाफदेही हुन सक्छौँ,” उनले भने ।

उनले नीति तथा कार्यक्रममा कृषि र पर्यटन क्षेत्रलाई जोड दिनुपर्ने बताए । “कार्यक्रम सुनौलो बनाउने हो । तर, त्यतिखेर सान्दर्भिक हुन्छ, जब यसले बजेटलाई छुन्छ । कार्यान्वयन भएमात्र सार्थक हुन्छ,” उनले भने, “सुपारी कृषकले सुपारी प्रशोधन गरेको सुपारी बजारमा लगेर बेच्न पाइरहेका छैनन् । यो क्षेत्रले रोजगारी सिर्जना गरेको छ, तर किसानलाई दुःख छ ।”

गयानन्द मण्डल
सांसद गयानन्द मण्डल किसानलाई सिँचाइ सुविधा उपलब्ध गराउने गरी भूमिगत सिँचाइमा बढी ध्यान दिनुपर्ने बताए । “भण्टाबारीदेखि काकरभिट्टासम्म योजना ल्याउनुपर्छ । अलग बजेट चाहिन्छ । कसरी गर्ने रु बोरिङ गाडेर किसानलाई सिँचाइ दिनुपर्छ । दुई सय बिघामात्र होइन, अब धेरै चैतेधान लगाउन सकिन्छ,” उनको जोड थियो ।

खगेनसिंह हाङगाम
कांग्रेस सांसद खगेनसिंह हाङगामले पर्यटन प्रवर्धनका लागि सरकारले ध्यान दिनसके आन्तरिक आम्दानी बढाउन सक्ने बताए । “ऐतिहासिक सम्पदा पर्यटन प्रवर्धनका लागि कुन मोडालिटीबाट विकास गर्ने भन्ने प्रस्ट हुनुपर्छ । कृत्रिमभन्दा पनि बढी प्राकृतिक हिसाबले अघि बढ्नुपर्छ,” उनले भने ।

मैया श्रेष्ठ
सांसद मैया श्रेष्ठले रतुवाखोलामा तराईमा पुल बनाउने काम हुने गरेको तर कोसी पहाडमा त्यही खोलामा हुने बाढी पहिरो नियन्त्रणका लागि काम हुन नसकेको बताइन् । “जनताको जिउधन जोगाउने काम गर्नु हुँदैन रु नीति कार्यक्रमले पहाड र दूरदराज केन्द्रित हुनुपर्छ । पहाडका अस्पतालमा चिकित्सक पठाउने योजना आउनुपर्छ,” उनले भने ।

प्रकाशित मिति : 10:54 am

दोभानका अग्निपीडितलाई राहत र अस्थायी बासस्थानको माग

ताप्लेजुङ, असोज १० गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिका–३ खाम्लुङस्थित दोभान

देउवा समूहको महाधिवेशनका लागि ताप्लेजुङमा प्रतापप्रकाश हाङ्गामलाई खटाइयो

ताप्लेजुङ, असोज १० गते । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा

दोभानका अग्निपीडितलाई मेरिङदेन गाउँपालिद्धारा प्रारम्भिक राहत वितरण

ताप्लेजुङ, असोज १० गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ खाम्लुङस्थित दोभान

दोभानका अग्निपीडितलाई राहत

ताप्लेजुङ, असोज १० गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिका–३ खाम्लुङस्थित दोभान

दोभान बजार आगलागी : १४ करोड ५६ लाख क्षति

ताप्लेजुङ, असोज ९ गते । ताप्लेजुङको दोभान बजारमा भएको भीषण