कोसीको नीति तथा कार्यक्रममा कांग्रेस सांसदको धारणा : ‘अब पनि नसच्चिए प्रदेशको भविष्य रहँदैन’



विराटनगर । कोसी प्रदेश सरकारले सदनमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथिको छलफलमा कांग्रेस सांसद सहभागी भएका छन् । बुधबार बैठकमा कांग्रेस सांसदहरूले नीति तथा कार्यक्रममाथि आफ्नो धारणा राखेका हुन् ।

गोपाल तामाङ
कांग्रेस कोसी संसदीय दलका प्रमुख सचेतक गोपाल तामाङले आफूहरू नसच्चिएसम्म प्रदेशको भविष्य नहरने बताए । “हामी नसच्चिएसम्म प्रदेशको भविष्य कायम रहन सक्दैन । ताकत राख्यौँ भनेमात्र जनताप्रति उत्तरदायी र जनताप्रति जवाफदेही हुन सक्छौँ,” उनले भने ।

उनले नीति तथा कार्यक्रममा कृषि र पर्यटन क्षेत्रलाई जोड दिनुपर्ने बताए । “कार्यक्रम सुनौलो बनाउने हो । तर, त्यतिखेर सान्दर्भिक हुन्छ, जब यसले बजेटलाई छुन्छ । कार्यान्वयन भएमात्र सार्थक हुन्छ,” उनले भने, “सुपारी कृषकले सुपारी प्रशोधन गरेको सुपारी बजारमा लगेर बेच्न पाइरहेका छैनन् । यो क्षेत्रले रोजगारी सिर्जना गरेको छ, तर किसानलाई दुःख छ ।”

गयानन्द मण्डल
सांसद गयानन्द मण्डल किसानलाई सिँचाइ सुविधा उपलब्ध गराउने गरी भूमिगत सिँचाइमा बढी ध्यान दिनुपर्ने बताए । “भण्टाबारीदेखि काकरभिट्टासम्म योजना ल्याउनुपर्छ । अलग बजेट चाहिन्छ । कसरी गर्ने रु बोरिङ गाडेर किसानलाई सिँचाइ दिनुपर्छ । दुई सय बिघामात्र होइन, अब धेरै चैतेधान लगाउन सकिन्छ,” उनको जोड थियो ।

खगेनसिंह हाङगाम
कांग्रेस सांसद खगेनसिंह हाङगामले पर्यटन प्रवर्धनका लागि सरकारले ध्यान दिनसके आन्तरिक आम्दानी बढाउन सक्ने बताए । “ऐतिहासिक सम्पदा पर्यटन प्रवर्धनका लागि कुन मोडालिटीबाट विकास गर्ने भन्ने प्रस्ट हुनुपर्छ । कृत्रिमभन्दा पनि बढी प्राकृतिक हिसाबले अघि बढ्नुपर्छ,” उनले भने ।

मैया श्रेष्ठ
सांसद मैया श्रेष्ठले रतुवाखोलामा तराईमा पुल बनाउने काम हुने गरेको तर कोसी पहाडमा त्यही खोलामा हुने बाढी पहिरो नियन्त्रणका लागि काम हुन नसकेको बताइन् । “जनताको जिउधन जोगाउने काम गर्नु हुँदैन रु नीति कार्यक्रमले पहाड र दूरदराज केन्द्रित हुनुपर्छ । पहाडका अस्पतालमा चिकित्सक पठाउने योजना आउनुपर्छ,” उनले भने ।

प्रकाशित मिति : २४ जेष्ठ २०८१, बिहीबार १०:५४

याक्थुङ कलाकार परिषद् अध्यक्षमा पालुङ्वा चयन

ताप्लेजुङ, भदौ १८ गते । ताप्लेजुङमा किराँत याक्थुङ चुम्लुङअन्तर्गत याक्थुङ

किराँत याक्थुङ चुम्लुङ ताप्लेजुङद्वारा पाँच विद्यार्थीलाई छात्रवृत्ति

ताप्लेजुङ, भदौ १८ गते । किराँत याक्थुङ चुम्लुङ ताप्लेजुङले स्थापना

विसं १९९५ मै तिरो तिरेका प्रमाण छन्

ताप्लेजुङ। भारतले अतिक्रमण गरेको व्यास गाउँपालिका–१ का गाउँ नाबी, कुटी

सामाजिक सञ्जाल दर्ता हुन आएनन्‚ बन्द गर्ने सरकारी चेतावनी

ताप्लेजुङ, भदौ १८ गते । सरकारले सामाजिक सञ्जाललाई नेपालको कानुनअनुसार

सुनको भाउमा लगातार कीर्तिमान : तोलाको २ लाख ५ हजार ९ सय पुग्यो

ताप्लेजुङ, भदौ १७ गते । सुनचाँदीको भाउले लगातार कीर्तिमान कायमै