ताप्लेजुङमा सम्पन्न भयो सुर्तीजन्य पदार्थ सेवनको न्यूनिकरण सम्बन्धी सञ्चार सचेतना कार्यक्रम 



ताप्लेजुङ । सुर्तीजन्य पदार्थ सेवन तथा मद्यपान सेवनको न्यूनिकरण सम्बन्धी सञ्चार तथा सचेतना कार्यक्रम सम्पन्न भएको छ । विश्व सुर्तीजन्य पदार्थ रहित दिवसको अवसरमा स्वास्थ्य कार्यालयको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो । 

फुङलिङ नगरपालिका वडा नं. ६ स्थिति रेडक्रसको सभाहलमा सम्पन्न भएको कार्यक्रममा सुर्तिजन्य पदार्थ तथा मद्यपान सेवन नियन्त्रण तथा नियमन, यसको प्रयोगबाट हुने हानी साथै नियन्त्रणका प्रयास बारे फुङलिङ नगरपालिकाका जनस्वास्थ्य निरीक्षक मौसम खवासले प्रकाश पार्नु भएको थियो ।

कार्यक्रममा महिला स्वास्थ्य स्वयंसेवीका, भानु जन मावि र लिटलबुद्ध बोर्डिङका शिक्षक तथा विद्यार्थी, स्वास्थ्यकर्मी, सञ्चारकर्मी र जनस्वास्थ्यका क्षेत्रका काम गर्ने व्यक्तित्वहरूको सहभागिता रहेको थियो । 

विश्वमा हरेक वर्ष करिब ८० लाख मानिसको मृत्यु सुर्तीजन्य पदार्थको सेवनले हुने गरेको छ । करिब ७० लाख मानिसले प्रत्यक्ष सेवन गर्ने गर्छन् भने लगभग १२ लाख मानिसलाई अप्रत्यक्ष अर्थात वातावरणीय असर हुने गरेको पाइन्छ । नेपाल धूमपान गर्ने राष्ट्रहरूमध्ये २२ औं स्थानमा पर्दछ । नेपालमा कूल जनसङ्ख्याको लगभग ३० प्रतिशत मानिसहरूले धूमपान गर्ने गर्छन् । 

सन् १९८७ मा विश्व स्वास्थ्य सङ्गठनका सदस्य राष्ट्रहरूले सुर्तीजन्य पदार्थको घातक असरबारे सचेतना जगाउन विश्व धूम्रपानरहित दिवसको स्थापना गरेका थिए । सन् १९८८ अप्रिल ७ मा विश्व धूम्रपानरहित दिवसको विश्व स्वास्थ्य संगठनको सभाले पारित गरेपछि हरेक वर्षको मे ३१ तारिखलाई विश्व धूम्रपान रहित दिवसको रुपमा मनाउन थालिएको हो । 

प्रकाशित मिति : १८ जेष्ठ २०८१, शुक्रबार ११:२२

जिल्ला स्तरीय लैङ्गिक हिंसा नियन्त्रण सञ्जाल गठन

रेडियो काबेलीताप्लेजुङ । जिल्ला स्तरीय लैङ्गिक हिंसा नियन्त्रण सञ्जाल गठन

केबलकार विवादः निर्माण क्षेत्रको बाँकी रुख कटान, आन्दोलनरत समूहद्वारा सरकारले अन्याय गरेको गुनासो

रेडियो काबेलीताप्लेजुङ । पाथीभरा क्षेत्रमा निर्माणाधीन केबलकारको निर्माण क्षेत्रको बाँकी

फक्ताङलु गाउँपालिकाले दियो सार्वजनिक बिदा

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलु गाउँपालिकाले विहीबार सार्वजनिक बिदा दिएको छ

पाथीभरा मन्दिरको भेटि माघ महिनामा १० लाख बढि गणना

ताप्लेजुङ । पाथीभरा क्षेत्र विकास समितिले माघ महिनामा गणना गरिएका

सुनको मूल्य दुई हजार सात सयले घट्यो

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा २ हजार