सुनको मूल्यमा ऐतिहासिक रेकर्ड, तोलाको कति ?



काठमाडौं । आज नेपाली बजारमा सुनको भाउ ऐतिहासिक बिन्दुमा पुगेको छ। आज सुनको भाउ १ हजार ७०० रुपैयाँ बढेको छ।

सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटमार्फत सुनको भन्सार दर २० प्रतिशत लाग्ने घोषणा गरेसँगै भाउ रेकर्ड बिन्दूमा पुगेको व्यवसायीहरु बताउँछन्।

सरकारले चालु आवको बजेटमार्फत भन्सार दर ५ प्रतिशत बढाएर १५ प्रतिशत पुर्याइएकामा फेरि भन्सार ५ प्रतिशत वृद्धि गरेको हो।

आज छापावाला सुनको भाउ १ लाख ४२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार छापावाला सुनको भाउ प्रतितोला १ लाख ४० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। आज तेजाबी सुनको भाउ १ लाख ४१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ।

आज प्रतितोला चाँदीको मूल्य १ हजार ८७५ रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको भाउ बिहीबार १ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस सुन २ हजार ३४२.६८ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी ३० डलर ९१ पैसामा कारोबार भइरहेको छ।

प्रकाशित मिति : 6:01 am

नेविसंघ ताप्लेजुङको कार्यवाहक अध्यक्षमा अर्जुन खिम्दिङ

सौगात विष्ट ताप्लेजुङ, साउन १४ गते । नेपाल विद्यार्थी सङ्घ (नेविसंघ)

पाथीभरा याङवरकमा एकीकृत घुम्ती शिविरबाट ६ सय ८७ नागरिक लाभान्वित

ताप्लेजुङ, साउन १३ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले सञ्चालन

फुङलिङ–८ को चारपाटे क्षेत्रमा बुद्धको प्रतिमा स्थापना गरि अनावरण

ताप्लेजुङ, साउन १३ गते  । ताप्लेजुङको फुङलिङ नगरपालिका–८ स्थित धार्मिक

आठराई त्रिवेणी गाउँपालिकाको आठ प्रमुख उपलब्धि सार्वजनिक

ताप्लेजुङ, साउन १३ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले वर्तमान

याङ्मामा फोरजी सेवा विस्तारका लागि पहल

ताप्लेजुङ, साउन १२ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले जिल्लाकै दुर्गम