ताप्लेजुङमै पहिलो पटक मैवाखोलामा भोलिदेखि वृहत शिक्षा सम्मेलन हुँदै



ताप्लजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकामा भोलिदेखि वृहत शिक्षा सम्मेलन सुरु हुँदैछ । जिल्लामै पहिलो पटक मैवाखोला गाउँपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाले शिक्षा सम्मेलनको आयोजना गर्न लागेको हो । 

सबैका लागि गुणस्तरीय शिक्षा, सार्वजनिक शिक्षालाई सुदृढ बनाऔँ भन्ने मूल उद्देश्यका साथ दुई दिने वृहत शिक्षा सम्मेलनको आयोजना गरिएको पालिका अध्यक्ष विजय प्रकाश वनेमले जानकारी दिनुभयो । उहाँका अनुसार शैक्षिक रूपान्तरणमा नयाँ सोच निर्माणका लागि यस सम्मेलनले अत्यन्तै ठुलो मदत पु¥यानेछ । भोलिबाट सुरु हुने सम्मेलन शनिबार सम्पन्न हुने पालिकाले जनाएको छ । 

शिक्षाविद् तथा सामाजिक अध्येता बिमल कुमार फुँयाल, वृहत राष्ट्रिय शिक्षा अभियान नेपालका संयोजक अभिषेक घिमिरे, नेतृत्व विकास एवम् व्यवस्थापन विज्ञ आरके ढुङगाना लगायतले सम्मेलनमा सहजीकरण गर्ने पालिका अध्यक्ष वनेमको भनाई छ । सम्मेलनमा पालिका भरीका शिक्षक तथा शिक्षिका, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा पदाधिकारी र सदस्य, शिक्षक अभिभावक संघका अध्यक्ष तथा पदाधिकारी र सदस्य, सम्पूर्ण वडाका वडाध्यक्ष, वडा सदस्यहरु शिक्षासँग सम्बन्धित सरोकारवालाहरूको उपस्थिति रहने पालिकाले जनाएको छ । 

पछिल्लो समयमा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर खस्किदै गएको अवस्थामा मैवाखोला गाउँपालिकाले नयाँ अभ्यासको सुरुवात गर्न लागेको छ । २०८० सालमा सञ्चालित कक्षा ८ को पालिका स्तरीय परीक्षाबाट ५ जनामात्रै विद्यार्थी उत्तीर्ण भएपछि गाउँपालिकाले यो योजनालाई अघि सारेको हो ।

विद्यार्थीहरुमा कमजोरीपनको प्रमुख समस्यालाई औँल्याएर शैक्षिक विकासका लागि यो सम्मेलनले महत्वपूर्ण भूमिका खेल्ने पालिकाले विश्वास लिएको छ । शैक्षिक गुणस्तरका लागि पालिकाले समय–समयमा प्रधानाध्यापकसँग छलफल, विभिन्न विद्यालयमा आवश्यक शैक्षिक सामाग्रीको व्यवस्थापन, सिसिटीभी जडान गरी बिभिन्न माध्यमबाट निगरानी लगायतका गतिविधिहरू गर्दै आइरहेको छ । 
 
बालकक्षादेखि कक्षा १२ सम्म ३ हजार विद्यार्थी अध्ययनरत पालिकामा २ सय १० जना शिक्षक कार्यरत रहेका छन् ।

प्रकाशित मिति : 1:03 pm

बसाइँ सराईका लागि सिरिजङ्घामा जग्गा खरिद अनिवार्य

ताप्लेजुङ, जेठ २५ गते । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले आफ्नो क्षेत्रभित्र

रोकिएको केबुलकार चाँडो सुरु गर्न माग 

ताप्लेजुङ, जेठ २५ गते । रोकिएको निर्माणाधीन केबुलकार परियोजना चाँडो

विकास आयोजनाहरू शीघ्र सम्पन्न गर्न दबाब दिन फुङलिङमा वृहत् शान्ति र्‍याली हुँदै

ताप्लेजुङ, जेठ २४ गते । ताप्लेजुङमा सञ्चालन तथा निर्माणाधीन विकास

श्रम संस्कृति पार्टीद्वारा मुधिङकोक्मा पार्क क्षेत्रमा सरसफाइ 

ताप्लेजुङ, जेठ २४ गते । श्रम संस्कृति पार्टी ताप्लेजुङले जिल्लाको

रास्वपा ताप्लेजुङको सभापतिमा गुरुङ

ताप्लेजुङ, जेठ २४ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ताप्लेजुङ