ताप्लेजुङको मिक्वाखोलामा गोलिया ओसार पोसारमा रोक



ताप्लेजुङ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाले गोलिया ओसार पसार गर्न रोक लगाएको छ । गाउँपालिकाले आज एक सूचना जारी गर्दै गाउँपालिका अन्र्तगत स्टक गरी राखिएको विभिन्न जातका काठका गोलिया ओसारपसार गर्न रोक लगाएको जनाएको छ । 

आगामी असार १ गतेदेखि अर्को सूचना जारी नभएसम्मका लागि रोक लगाइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुनदेब योङ्या बताउनुभयो । वर्षातको समयमा ढुवानी तथा  ओसारपसार  गर्दा सडकहरू बिग्रिने, भत्किने भएकाले गोलिया ओसार पसारमा रोक लगाइएको उहाँले बताउनुभएको छ । 

रोक लगाइएको समयावधिमा गोलिया ओसारपसार गरेको पाइए नियन्त्रणमा लिई प्रचलित कानूनअनुसार कारबाहीको प्रक्रिया अगाडि बढाइने समेत गाउँपालिकाले जनाएको छ । गोलिया ओसारपसारमा पालिकाले रोक लगाएसँगै वर्षातको समयमा समेत सहज ढंगले साना सवारी साधनहरू सञ्चालन हुने स्थानीयले विश्वास लिएका छन् । 

 
यस अघि  सडकको अवस्था हेरी कतिपय गाउँपालिकाहरूले पनि गोलिया ओसारपसारमा रोक लगाउँदै आएका छन् ।
 

प्रकाशित मिति : 1:08 pm

आजदेखि सरकारी कार्यालय खुल्ने समय एक घण्टा छोटिँदै

ताप्लेजुङ, कात्तिक १६ गते । सरकारले चालू वर्षको लागि निर्धारण

कञ्चनजङ्गा संरक्षण क्षेत्रको समस्या लिएर फक्ताङलुङका अध्यक्ष सिंहदरबारमा

ताप्लेजुङ, कात्तिक १६ गते ।  कञ्चनजङ्गा संरक्षण क्षेत्रको समस्या लिएर

चक्रवात ‘मोन्था’को प्रभाव : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

ताप्लेजुङ, कात्तिक १४ गते । बंगालको खाडीमा विकसित भएको चक्रवात

अलैँची टिप्नमा व्यस्त किसान (फोटोफिचर)

ताप्लेजुङ, कात्तिक १४ गते । अहिले किसानहरू अलैँची टिप्नमा व्यस्त