ताप्लेजुङको फुङलिङमा प्राकृतिक रुपमा उम्रिएका गाँजा नष्ट गरियो



साहारा लङ्वा लिम्बू

ताप्लेजुङ । ताप्लेजुङको फुङलिङमा प्राकृतिक रुपमा उम्रिएका गाँजा नष्ट गरिएको छ ।जिल्ला प्रहरी कार्यालय ताप्लेजुङको प्रहरी सहायक निरीक्षक रोहित फागोको नेतृत्वमा खटेको प्रहरीको टोलिले शुक्रबार गाँजा फडानी गरी नष्ट गरेको हो ।

फुङलिङ नगरपालिका ३ मेदिबुङस्थित पदमलाल भारतीको जग्गामा रहेको गाँजाको बगान फडानी गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक तथा सूचना अधिकारी कमलकुमार लङ्गेलीले जानकारी दिनुभयो ।

प्रहरी निरीक्षक लुङ्गेलीका अनुसार भारतीको अन्दाजी ६ आना जग्गामा रहेको करिब ४० बोट गाँजा फडानी गरि नष्ट गरिएको छ । फाँडिएको गाँजाको बोटलाई आगोमा जलाएर पुर्ण रुपमा नष्ट गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार युवा पुस्तामा गाँजाको प्रयोगलाई न्युनिकरण गर्नका लागि बगान नष्ट पारिएको हो ।

नेपाल गाँजा खेतीको प्रचुर सम्भावना भएको देश भएपनि लागू औषधमा पर्ने भएकाले प्रहरीले यसलाई नष्ट गर्ने अभियान नै जारी राखेको छ । गाँजाको सदुपयोग भन्दा धेरै दुरुपयोग गरिएको हुनाले नेपालमा गाँजा खेतीलाई प्रतिबन्ध लगाइएको छ ।

प्रकाशित मिति : 1:38 pm

दोस्रो साङ्धुङ्गे माङ्गेना कप मंसिर १३ गतेदेखी हुने

रेडियो काबेलीताप्लेजुङ । दोस्रो साङ्धुङ्गे माङ्गेना कप–२०८२ मंसिर १३ गतेदेखी

एनपिएलमा आज सुदूरपश्चिम रोयल्स र काठमाडौं गोर्खाज भिड्दै

काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज

ताप्लेजुङबाट चार शङ्कास्पद बोलेरो जिप पक्राउ

ताप्लेजुङ, मंसिर २ गते । ताप्लेजुङबाट चार वटा शङ्कास्पद बोलेरो

ताप्लेजुङको तेम्बा बजारमा आगलागी हुँदा ४ घर जलेर नष्ट

ताप्लेजुङ, मंसिर ३ गते । ताप्लेजुङमा आगलागी हुँदा ४ घर

फुङलिङ नगरपालिकाले दियो  स्थानीय बिदा

ताप्लेजुङ, मंसिर १ गते । फुङलिङ नगरपालिकाले आज स्थानीय बिदा