लागु औषध खैरो हिरोईन सहित फुङलिङबाट २ जना पक्राउ



ताप्लेजुङ । ताप्लेजुङमा प्रतिबन्धित लागु औषध खैरो हिरोईन सहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा फुङलिङ नगरपालिका ७ का ४८ वर्षीय प्रेमकुमार गुरुङ र फुङलिङ १ का चन्द्रबहादुर लिम्बु रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक कमल कुमार लुङगेलीका अनुसार गुरुङलाई बिहीबार दिउँसो लागु औषध खैरो हिरोइन जस्तो देखिन पदार्थ ०.१६ ग्राम र नगद ३७ हजार ६ सय रुपैँया सहित प्रहरीले नियन्त्रणमा लिएको हो ।

गुरुङलाई नियन्त्रणमा लिई सोधपुछ गर्ने क्रममा उनको साथबाट फेला पारिएको पदार्थ चन्द्र लिम्बूबाट खरिद गरेको पाइएकोले लिम्बूलाई समेत नियन्त्रणमा लिइ अनुसन्धान सुरु गरिएको प्रहरीको भनाई छ । लिम्बुको साथबाट नगद ३ हजार ६ सय ३० रुपैयाँ र १ थान मोबाईल समेत बरामद गरिएको छ ।

पक्राउ परेका दुवै जनालाई जिल्ला अदालत ताप्लेजुङबाट ७ दिनको म्याद लिई हिरासतमा राखेर अनुसन्धानलाई जारी राखिएको छ ।

प्रकाशित मिति : 12:59 pm

प्रसिद्ध तीर्थस्थल पाथीभरामा पुनः हिमपात

ताप्लेजुङ, चैत २६ गते । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा

रिफाइन गरियो पाथीभरामा दर्शनार्थीले चढाएको सुनचाँदी

ताप्लेजुङ, चैत २६ गते । पाथीभरामा दर्शनार्थीले चढाएको सुनचाँदी प्रशोधन

ताप्लेजुङको आठराई त्रिवेणीमा साताको एक दिन मात्र बिदा

ताप्लेजुङ, चैत २६ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले सातामा

ताप्लेजुङमा कोशी प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगितामा सुरु

ताप्लेजुङ, चैत २६ गते । ताप्लेजुङमा कोशी प्रदेश स्तरीय छैटौँ

महाशिवरात्रि फुटबलको उपाधि तेह्रथुमलाई

ताप्लेजुङ, चैत २२ गते । ताप्लेजुङमा सम्पन्न भएको विशेष महाशिवरात्रि