ताप्लेजुङमा अनिश्चितकालीन यातायात बन्द : यात्रु मारमा



ताप्लेजुङ । पाथीभरा केबलकार परियोजनाविरुद्ध सङ्घर्षरत समूहले आह्वान गरेको अनिश्चितकालीन यातायात बन्दले जनजीवन प्रभावित बन्दै गएको छ । बुधवार र बिहीबार यातायात बन्द आह्वान गरेको सो समूहले बन्दलाई निरन्तरता दिँदै शुक्रवारदेखि अनिश्चितकालीन बन्द घोषणा गरेपछि जनजीवन प्रभावित बनेको हो ।

सङ्घर्षरत समूह मुक्कुमलुङ संयुक्त सङ्घर्ष समिति, पाथीभरा केबलकार खारेजी संयुक्त सङ्घर्ष समितिलगायतले बिहीबार साँझ पुनः विज्ञप्ति जारी गर्दै मेची राजमार्ग, तमोर कोरिडोर र ताप्लेजुङमा अनिश्चितकालीन यातायात बन्द आह्वान गरेको छ । यातायात बन्दका कारण यात्रु मारमा परेका छन् ।

मेची राजमार्ग र तमोर कोरिडोर हुँदै सञ्चालन हुने लामो दूरीका सवारी साधन ठप्प हुँदा ताप्लेजुङबाट बाहिरिने र भित्रने यात्रुले यात्रा गर्न पाएका छैनन् । यस्तै ताप्लेजुङभित्र सञ्चालन हुने यातायात सेवा पनि ठप्प हुँदा स्थानीय यात्रु मारमा परेका छन् । यातायात बन्दले बिहीबारदेखि सुरु भएको पाँच दिने ताप्लेजुङ पर्यटन महोत्सवलाई पनि असर पुगेको छ ।

पाथीभरा (मुक्कुमलुङ) मा केबलकार निर्माण हुने भएपछि सङ्घर्ष समितिहरू सुरुदेखि नै विरोधमा उत्रिएको हो । सङ्घर्षरत समूहले आफ्नो माग विपरीत केबलकार परियोजनाको क्रियाकलाप सुरु गरेकोभन्दै यातायात बन्द आह्वान गर्दै थप आन्दोलित बनेको हो ।

पवित्र आस्थाको केन्द्र तथा ऐतिहासिक पवित्र धार्मिक स्थल पाथीभरामा केबलकार निर्माण गर्ने नाउमा बहुमूल्य जडीबुटी, राष्ट्रिय फूल लालीगुराँससहितका लोपोन्मुख वनस्पतिहरू कटान गर्न थालिएकोभन्दै आफूहरू सशक्त आन्दोलनमा उत्रनुपरेको सङ्घर्षरत पक्षले उल्लेख गरेका छन् ।

केबलकार परियोजना पक्षले सोमबार निर्माण स्थल पाथीभरा क्षेत्रमा रुख कटान गरेको छ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्षसमेत रहनुभएको चन्द्र ढकाल नेतृत्वमा रहेको पाथीभरा ९मुक्कुमलुङ० दर्शन केबलकार प्रालिले परियोजना सञ्चालन गर्न लागेको हो ।

प्रकाशित मिति : 5:42 am

दोस्रो साङ्धुङ्गे माङ्गेना कप मंसिर १३ गतेदेखी हुने

रेडियो काबेलीताप्लेजुङ । दोस्रो साङ्धुङ्गे माङ्गेना कप–२०८२ मंसिर १३ गतेदेखी

एनपिएलमा आज सुदूरपश्चिम रोयल्स र काठमाडौं गोर्खाज भिड्दै

काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज

ताप्लेजुङबाट चार शङ्कास्पद बोलेरो जिप पक्राउ

ताप्लेजुङ, मंसिर २ गते । ताप्लेजुङबाट चार वटा शङ्कास्पद बोलेरो

ताप्लेजुङको तेम्बा बजारमा आगलागी हुँदा ४ घर जलेर नष्ट

ताप्लेजुङ, मंसिर ३ गते । ताप्लेजुङमा आगलागी हुँदा ४ घर

फुङलिङ नगरपालिकाले दियो  स्थानीय बिदा

ताप्लेजुङ, मंसिर १ गते । फुङलिङ नगरपालिकाले आज स्थानीय बिदा