ताप्लेजुङ पर्यटन महोत्सव २०८१ आजबाट सुरु 



ताप्लेजुङ । ताप्लेजुङमा आजबाट ताप्लेजुङ पर्यटन महोत्सव २०८१ सुरु भएको छ । ‘स्थानीय अर्गानिक मेला महोत्सवमा प्रोत्साहन ताप्लेजुङको पर्यटकीय स्थलहरूको प्रचार प्रसार तथा अवलोकन’ भन्ने मूल नाराका साथ ५ दिन सम्म सञ्चालन हुने महोत्सव आजबाट सुरु भएको हो । 

विभिन्न जाति, भाषा, धर्म र संस्कृतिको सहभागीमा कलशयात्राबाट सुरु भएको महोत्सव आगामी जेठ ७ गतेसम्म फुङ्लिङको हुलाक कार्यलय छेउमा सञ्चालन हुने छ । कलश यात्रामा फुङलिङ नगरपालिका ६ को पाथिभरा चोकबाट सुरु भइ तोक्मे डाँडा पुगेर पुन फर्की कार्यक्रम स्थलमा पुगेर समापन भएको थियो । 

फुङलिङ नगर अहिले तुल, ब्यानर, र फूलले सजिसजावट भरिएको छ । महोत्सवमा विभिन्न प्रतियोगिता सँगै साहित्यिक र सांस्कृतिक कार्यक्रम हुने छ । 

साथै, पाथिभरा धामदेखि सदरमुकाम सम्म साइकिलिङ समेत हुने आयोजक समितिले जनाएको छ । महोत्सवमा विभिन्न खाद्य परिकारको स्टल प्रदर्शनी हुने छ भने, सांस्कृतिक कार्यक्रम तर्फ राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति रहने छ ।

प्रकाशित मिति : 9:35 am

दोभान बजारका आगलागी पीडितलाई नेवा : समाजको राहत

ताप्लेजुङ, असोज २१ गते । ताप्लेजुङ नेवा : समाज काठमाडौंले

ताप्लेजुङमा चार दिनमा ९५ क्विन्टल चिनी बिक्री

ताप्लेजुङ, असोज २० गते । ताप्लेजुङमा चार दिनको अवधिमा खाद्य

एक करोडको शैक्षिक अक्षयकोष स्थापना

ताप्लेजुङ, असोज १८ गते । केत्तकुम लिबाङ पाङ्पत सयङले एक

ताप्लेजुङमा देउवा समूहले प्रदेशसभा र स्थानीय तहका संयोजक तोक्यो

ताप्लेजु, असोज १९ गते । नेपाली कांग्रेसको देउवा समूहले ताप्लेजुङका

फक्ताङलुङमा विद्यार्थीलाई विद्यालय फर्काउने अभियान, पढाइ छाडेका मनिष पुनः विद्यालय फर्किए

ताप्लेजुङ, असोज १९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले अभिभावक शिक्षा