ताप्लेजुङ पर्यटन महोत्सव २०८१ आजबाट सुरु 



ताप्लेजुङ । ताप्लेजुङमा आजबाट ताप्लेजुङ पर्यटन महोत्सव २०८१ सुरु भएको छ । ‘स्थानीय अर्गानिक मेला महोत्सवमा प्रोत्साहन ताप्लेजुङको पर्यटकीय स्थलहरूको प्रचार प्रसार तथा अवलोकन’ भन्ने मूल नाराका साथ ५ दिन सम्म सञ्चालन हुने महोत्सव आजबाट सुरु भएको हो । 

विभिन्न जाति, भाषा, धर्म र संस्कृतिको सहभागीमा कलशयात्राबाट सुरु भएको महोत्सव आगामी जेठ ७ गतेसम्म फुङ्लिङको हुलाक कार्यलय छेउमा सञ्चालन हुने छ । कलश यात्रामा फुङलिङ नगरपालिका ६ को पाथिभरा चोकबाट सुरु भइ तोक्मे डाँडा पुगेर पुन फर्की कार्यक्रम स्थलमा पुगेर समापन भएको थियो । 

फुङलिङ नगर अहिले तुल, ब्यानर, र फूलले सजिसजावट भरिएको छ । महोत्सवमा विभिन्न प्रतियोगिता सँगै साहित्यिक र सांस्कृतिक कार्यक्रम हुने छ । 

साथै, पाथिभरा धामदेखि सदरमुकाम सम्म साइकिलिङ समेत हुने आयोजक समितिले जनाएको छ । महोत्सवमा विभिन्न खाद्य परिकारको स्टल प्रदर्शनी हुने छ भने, सांस्कृतिक कार्यक्रम तर्फ राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति रहने छ ।

प्रकाशित मिति : 9:35 am

केबुलकार खारेजको माग गर्दै ताप्लेजुङ प्रदर्शन

सौगात विष्ट ताप्लेजुङ, माघ १७ गते । पाथिभरा मन्दिर (मुक्कुमलुङ)

हुलाक कर्मचारीको क्षमता अभिवृद्धिका लागि तालिम

ताप्लेजुङ, माघ १६ गते । कर्मचारीहरूको क्षमता अभिवृद्धिका लागि जिल्ला

फक्ताङ्लुङद्वारा उच्च शिक्षा र प्राविधिकका विद्यार्थीलाई छात्रवृति

सौगात विष्टताप्लेजुङ, माघ १६ गते । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाले पालिकाका

प्रथम लिङ्तेप गोल्डकपको उपाधि पाँचथरलाई

 ताप्लेजुङ, माघ १३ गते । प्रथम लिङ्तेप गोल्डकपको उपाधि कुम्मायक कुसायक