वैशाखमा साढे ५१ हजार बढी तीर्थयात्री पुगे पाथीभरा



ताप्लेजुङ । वैशाख महिनाको अवधिमा साढे ५१ हजार बढी तीर्थयात्री मन्दिर दर्शनका लागि पाथीभरा पुगेका छन् । गत वैशाख १ गतेदेखि मसान्तसम्ममा ५१ हजार ८ सय ४ जना दर्शनार्थी देवीको दर्शन गर्न पाथीभरा पुगेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले जानकारी दिनुभयो । 

गत साउनदेखि वैशाख मसान्तसम्म २ लाख २० हजार २ सय ७२ जना भक्तजनले मन्दिर दर्शन गरेको समितिले जनाएको छ । समितिका अनुसार सबैभन्दा बढी चैत्र महिनामा ५२ हजार ४ सय ५५ जना र सबैभन्दा कम साउनमा १ हजार १ सय २२ जना तिर्थयात्री मन्दिर आएका थिए । भदौमा ५ हजार, असोजमा १० हजार ३ सय ४३, कात्तिकमा ४९ हजार १ सय ६३ जना भक्तजन पाथीभरा आएको समितिले जनाएको छ ।

यस्तै मङ्सिरमा २० हजार ४ सय १६ जना, पुषमा ५ हजार ६ सय ५५, माघमा ६ हजार ४ सय १, फागुनमा १७ हजार ९ सय १२ जना तीर्थयात्री आएका हुन् । पाथीभरामा दुई सिजन असोज–कात्तिक र चैत्र–वैशाखमा दर्शन गर्न अत्याधिक मात्रामा देशविदेशबाट तीर्थयात्री आउने गरेका छन् ।

प्रकाशित मिति : 12:57 pm

ताप्लेजुङमा नेकपा एमालेका क्षितिज थेवे विजयी

ताप्लेजुङ, फागुन २३ गते । ताप्लेजुङमा नेकपा एमालेका उम्मेद्वार क्षितिज

ताप्लेजुङमा मतगणना सुरु

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा मतगणना सुरु भएको छ

ताप्लेजुङमा १ बजेदेखि मतगणना सुरु हुने

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा दिउँसो १ बजेदेखि मतगणना

ताप्लेजुङको सबै केन्द्रको मतपेटिका सङ्कलन, सर्वदलीय बैठकपछि गणना गरिने 

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा सबै मतदान केन्द्रका मतपेटिका

ताप्लेजुङका ४ केन्द्रको मतपेटिका सङ्कलनका लागि हेलिकोप्टर प्रस्थान

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङको हिमाली बस्ती फक्ताङलुङ गाउँपालिकाका