ऐतिहासिक मदन मेला जेठ १३ देखि सञ्चालन हुने 



 तेह्रथुम । तेह्रथुमको आठराई गाउँपालिकामा ऐतिहासिक मदन मेला सञ्चालन हुने भएको छ । वि. सं। २०१५ सालबाट सञ्चालन हुँदै आएको मेला यस वर्ष पनि सञ्चालन हुने भएको हो । 

ऐतिहासिक मदन मेला यस वर्ष जेठ १३ गतेदेखि १९ गतेसम्म आठराई गाउँपालिकास्थित सक्रान्ति बजारमा सञ्चालन गर्ने तयारी भइरहेको मदनमेला आयोजक मूल समारोह समितिले जनाएको छ । करिब ६६ वर्षअघि सुरु भएको मेला द्वन्द्वकाल र कोरोना सङ्क्रमणको अवधिबाहेक अन्य वर्षहरूमा भने निरन्तर रुपमा लाग्दै आइरहेको छ । 

प्रत्येक साल नयाँ वर्षको उपलक्ष्यमा सञ्चालन हुने मेला यसपटक जेठमा सारिएको भुवन किशोर इङनामले जानकारी दिनुभएको छ । उहाँका अनुसार मेलाको अवसरमा खुल्ला पुरुष तथा महिला फुटबल, पालिका स्तरीय पुरुष भलिबल, धान नाच लगायतका सांस्कृतिक कार्यक्रमहरू सञ्चालन हुने छ । 

खुल्ला पुरुष फुटबलतर्फको विजेताले नगद २ लाख र उपविजेताले १ लाख ३० हजार प्राप्त गर्नेछन् । महिलाको तर्फको प्रथमलाई ८० हजार, द्धितियलाई ५० हजार प्रदान गरिने समितिले जनाएको छ ।

मेलाकै अवसरमा सञ्चालित पालिकास्तरीय पुरुष भलिबल प्रतियोगितामा प्रथमले ५० हजार, दोश्रोले ३० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । 

प्रकाशित मिति : 1:35 pm

पूर्व प्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

ताप्लेजुङ, चैत १४ गते । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ

पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ

ताप्लेजुङ, चैत १४ गते । पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

ताप्लेजुङ, चैत १३ गते । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र

सांसद थेबेले पहिलो महिनाको पारिश्रमिक आगेपा आधारभूत विद्यालयलाई प्रदान गर्ने

ताप्लेजुङ, चैत १३ गते । ताप्लेजुङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य क्षितिज

ताप्लेजुङ बज्रगुरु मन्त्रजपको पहिलो दिन १२ लाख बढी भेटी सङ्कलन

ताप्लेजुङ, चैत्र १३ गते । सातौँ ताप्लेजुङ बज्रगुरु मन्त्रजप कार्यक्रमको