शिक्षक संघद्वारा ताप्लेजुङ अस्पतालका बिरामीलाई नगद सहयोग



ताप्लेजुङ । नेपाल शिक्षक संघले स्थापना दिवसको अवसरमा ताप्लेजुङ जिल्ला अस्पतालका बिरामीहरूलाई नगद सहयोग गरेको छ । विभिन्न संघसंस्था लगायतले अस्पतालका बिरामीलाई फलफूल वितरण लगायतका गतिविधि गरिरहेको बेला उक्त संघले भने  नगद सहयोग गरेको हो । 

अस्पतालमा उपचार गराइरहेकामध्ये कतिपयले फलफूल खान नमिल्ने, चिसोले असर गर्ने भएकाले सबैलाई फलफूलको सट्टा नगद सहयोग गरिएको शिक्षक संघ प्रदेश सदस्य धनबहादुर थापाले बताउनुभयो । आइतबार बिहान जिल्ला अस्पताल पुगेका शिक्षक संघका पदाधिकारी, सदस्य, नेपाली कांग्रेसका नेताले बिरामीलाई जनही १५ सय रुपैयाँका दरले नगद वितरण गरेका छन् । 

नगद वितरणमा शिक्षक संघका अध्यक्ष राम लावुङ, कांग्रेस सभापति गजेन्द्र प्रसाद तुम्याहाङ, पूर्वसभापति केशव प्रसाद दाहाल लगायतको उपस्थिति रहेको थियो । 

प्रकाशित मिति : 1:03 pm

ताप्लेजुङ गोल्ड कपको चौथो संस्करण भदौ १२ बाट, कुन – कुन टिम सहभागी हुँदैछन् ? 

ताप्लेजुङ , साउन २ गते । अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्ड

मेरिङदेनले उपचारबापत मासिक खर्च उपलब्ध गराउने 

ताप्लेजुङ, साउन २ गते । मेरिङदेन गाउँपालिकाले औषधी उपचारबापत मासिक

पाथीभरामा ४ करोड ८२ लाख बढी भेटी सङ्कलन

ताप्लेजुङ, साउन १ गते । प्रसिद्ध धार्मिक स्थल पाथीभरा (मुक्कुमलुङ)

कक्षा १–५ मा २० जना विद्यार्थी नभए विद्यालयको तह घटाइने

ताप्लेजुङ, असार ३१ गते । ताप्लेजुङको फुङलिङ नगरपालिकाले कक्षा १–५

मेरिङदेनमा गोठ सुधारका लागि ५० प्रतिशत अनुदान

ताप्लेजुङ, असार ३० गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिकाले गोठ तथा