कोशीका मुख्यमन्त्री कार्कीविरुद्धको रिटमा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार



कोशी प्रदेश । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

निवर्तमान मुख्यमन्त्री केदार कार्कीले दायर गरेको रिटमा आज न्यायाधीश हरिप्रसाद फुयालले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । सर्वोच्चले यस विषयमा आउँदो जेठ ९ गते बुधवार सुनुवाइको मिति तोक्दै दुवै पक्षलाई छलफलका लागि बोलाएको छ ।

निवर्तमान मुख्यमन्त्री केदार कार्कीले मुख्यमन्त्रीमा नियुक्त हिक्मतकुमार कार्कीको नियुक्ति बदर गर्न र आफूलाई मुख्यमन्त्रीको जिम्मेवारी बहाल गर्न दिन अन्तरिम आदेश माग गर्दै हिजो रिट दायर गर्नुभएको थियो ।

नेकपा एमालेका कोशी प्रदेश सभा संसदीय दलका नेता हिक्मतकुमार कार्की हिजै प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो ।

प्रकाशित मिति : 1:43 pm

ताप्लेजुङ गोल्डकप : उद्घाटन खेलमा आयोजक र भारतबीच प्रतिष्पर्धा हुने

ताप्लेजुङ, भदौ १२ गते । शुक्रबारबाट सुरु हुने अन्तर्राष्ट्रिय आमन्त्रण

भोटेकोशी नदीमा ताप्लेजुङका पाँच जना बेपत्ता 

ताप्लेजुङ, भदौ ११ गते । रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान

ताप्लेजुङ गोल्डकपको तयारी पुरा

ताप्लेजुङ, भदौ ११ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकपको

पाथिभरा बहुमुखी क्याम्पसका नौ जना विद्यार्थीलाई छात्रवृति

ताप्लेजुङ, भदौ ११ गते । ताप्लेजुङस्थित पाथिभरा बहुमुखी क्याम्पसले विभिन्न

ताप्लेजुङमा सवारी जाँच कडाइ

ताप्लेजुङ, भदौ ११ गते । ताप्लेजुङमा सवारी जाँचलाई कडाइ गरिएको