संसद् अवरोधले नेपाली कांग्रेसलाई नै फाइदा नहुने योगेश भट्टराईको भनाई



नेकपा एमालेका सचिव योगेश भट्टराईले संसद् अवरोध गरेर नेपाली कांग्रेसलाई नै फाइदा नहुने बताएका छन् । शुक्रबार संसद् भवन परिसरमा सञ्चारककर्मीहरुसँग कुरा गर्दै नेता भट्टराईले कांग्रेसले उत्तेजना देखाएर संसद् बैठक अवरोध गरेको टिप्पणी गरे ।

उनले फागुन २१ गते राजनीतिक समीकरण बदलिएपछि झड्का लागेर मुर्छित भएको भन्दै नचाहिँदो एक्सन गरेकाले आफ्नो निर्णयमा पुनर्विचार गर्न कांग्रेसलाई आग्रह गरे । ‘यदि कांग्रेसले सदन चल्न दिँदै दिँदैन भने सरकारसँग नीति कार्यक्रम र बजेट ल्याउने अनेक विकल्प हुन्छ । तर हामी त्यो बाटो जान चाहँदैनौ’, भट्टराईले भने,‘हामी संसद्‌बाटै सबै कुराको निरूपण होस् भन्ने चाहन्छौ ।’

उनले कांग्रेसका सांसद गगन थापाले शुक्रबार पार्टीहरूलाई तोडफोड गर्ने भनेर सरकारलक्षित गरेको टिप्पणीको विरोध गरे । ‘दलहरू तोडफोड गरेर उथलपुथल गर्ने कामहरू कति बाँकी छन् भनेर सोध्न चाहान्थें’ थापाले बैठकमा भनेका थिए ।

उनले भने, ‘हिजो २० प्रतिशतको प्रावधान राखेर एमालेलाई विभाजन गर्ने अध्यादेश उहाँहरूले ल्याउनुभयो । उहाँहरूको कुरा के थियो ? स्वयं प्रधानमन्त्री शेरबहादुर देउवाले अध्यादेश ल्याएर हाम्रो पार्टी फुटाएको होइन ?’

प्रकाशित मिति : 1:39 pm

बसाइँ सराईका लागि सिरिजङ्घामा जग्गा खरिद अनिवार्य

ताप्लेजुङ, जेठ २५ गते । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले आफ्नो क्षेत्रभित्र

रोकिएको केबुलकार चाँडो सुरु गर्न माग 

ताप्लेजुङ, जेठ २५ गते । रोकिएको निर्माणाधीन केबुलकार परियोजना चाँडो

विकास आयोजनाहरू शीघ्र सम्पन्न गर्न दबाब दिन फुङलिङमा वृहत् शान्ति र्‍याली हुँदै

ताप्लेजुङ, जेठ २४ गते । ताप्लेजुङमा सञ्चालन तथा निर्माणाधीन विकास

श्रम संस्कृति पार्टीद्वारा मुधिङकोक्मा पार्क क्षेत्रमा सरसफाइ 

ताप्लेजुङ, जेठ २४ गते । श्रम संस्कृति पार्टी ताप्लेजुङले जिल्लाको

रास्वपा ताप्लेजुङको सभापतिमा गुरुङ

ताप्लेजुङ, जेठ २४ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ताप्लेजुङ