ताप्लेजुङमा ट्रयाक्टर दुर्घटना, १ को मृत्यु ८ घाईते




रेडियो काबेली
ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका ४ डुम्रिसेमा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ८ जना घाईते भएका छन् । मृत्यु हुनेमा डुम्रिसेका किरण तामाङका छोरा ९ वर्षिय मानस तामाङ रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सुचना अधिकारी एव्म प्रवक्ता प्रहरी निरीक्षक कमलकुमार लुङगेलीले जानकारी दिनुभयो ।

उहाँका अनुसार बुधबार बिहान काबेली खोलाबाट माकोजातर्फ जाँदै गरेको प्रदेश १–०१–००१त ९०६९ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकबाट अन्दाजी १५ मिटर तल खसी दुर्घटना भएको हो । घाईते भएका अन्य ८ जनाको डुम्रिसे स्वास्थ्य चौकीमा उपचारका लागि लगिएकोे छ । चालक फरार भएकाले खोजी कार्य जारी रहेको प्रहरीको भनाई छ ।

प्रकाशित मिति : २६ बैशाख २०८१, बुधबार ०७:४२

फुङ्लिङ बजार क्षेत्रमा ठोस फोहोरको उचित व्यवस्थापन हुन नसकेको निष्कर्ष 

ताप्लेजुङ । ताप्लेजुङको फुङ्लिङ बजार क्षेत्रमा ठोस फोहोरको उचित व्यवस्थापन

ताप्लेजुङमा ठोस फोहोर ब्यबस्थापन र वातावरणीय सरसफाई सम्बन्धी तालिम सुरु

ताप्लेजुङ । ताप्लेजुङमा ठोस फोहोर ब्यबस्थापन र वातावरणीय सरसफाई सम्बन्धी

ताप्लेजुङमा पौडी खेल्ने क्रममा एक युवक बेपत्ता

ताप्लेजुङ । ताप्लेजुङमा पौडी खेल्ने क्रममा एक युवक बेपत्ता भएका

ताप्लेजुङमा बजार अनुगमन तिव्रता

ताप्लेजुङ । ताप्लेजुङमा बजार अनुगमनलाई तिव्रता दिइएको छ । मापदण्ड

रिडद्धारा विद्यालय, शिक्षक र व्यवस्थापन समिति पुरस्कृत

ताप्लेजुङ । ग्रामीण शिक्षा तथा वातावरण विकास केन्द्र (रिड) नेपालले