एमाले ताप्लेजुङको अध्यक्षमा डम्बरध्वज तुम्बाहाम्फे निर्वाचित




रेडियो काबेली
ताप्लेजुङ । एमाले ताप्लेजुङको अध्यक्षमा डम्बरध्वज तुम्बाहाम्फे निर्वाचित हुनु भएको छ । मंगलार भएको निर्वाचनमा बल बहादुर साम्सोहाङलाई २६ मतले पछि पार्दै तुम्बाहाम्फे विजयी हुुनु भएको हो । संविधान सदस्य समेत रहनु भएका तुम्बाहाम्फेले १८३ मत प्राप्त गर्दा साम्सोहाङले १५७ मत प्राप्त गर्नुभएको थियो ।

त्यस्तै उपाध्यक्षमा १७० मत प्राप्त गर्दै दिपेन्द्र पोमु निर्वाचित हुँदा उहाँका प्रतिद्धन्दी छत्रपति प्याकुरेलले १५४ मत प्राप्त गर्नुभयो । सचिवमा १६९ मत प्राप्त गर्दै सन्तोष चाम्लिङ विजयी हुँदा उहाँका निकटतम प्रतिद्धन्दी मणि शंकर पोमुले १५९ मत प्राप्त गर्नुभयो । त्यस्तै उपसचिव खुल्लामा सन्तोष प्रसाईलाई पराजित गर्दै गोपाल न्यौपाने निर्वाचित हुनु भएको छ । न्यौपानेले १६४ मत प्राप्त गर्दा प्रसाईले १५३ मत प्राप्त गर्नु भएको थियो । त्यस्तै उपसचिव महिलातर्फ भिमादेवी ओझा निर्वाचित हुुनु भएको छ । ओझाले आफ्ना प्रतिद्धन्दी सान्ता आङबुहाङलाई ७ मतले पछि पार्दै विजयी हुनु भएको हो । ओझाले १६६ मत प्राप्त गर्दा आङबुहाङले १५९ प्राप्त गर्नु भएको थियो । सोमबार सुरु भएको एमाले ताप्लेजुङ जिल्लाको अधिवेशन नयाँ कार्य समिती चयन भएसँगै सकिएको छ ।

प्रकाशित मिति : 6:26 pm

मानाभरा गोल्डकप : लिङ्तेपलाई पराजित गर्दै हाङ्देवा सेमिफाइनलमा 

ताप्लेजुङ, पुस १७ गते । नवप्रयास युथ क्लब हाङ्देवा फक्ताङ्लुङ

ताप्लेजुङ गोल्ड कपलाई ५ लाख बढी नाफा 

ताप्लेजुङ, पुस १७ गते । लाखेजात्रा सञ्चालन समितिले तेश्रो संस्करणको

आज सुन तोलामा १ हजार ४ सय रुपैयाँले घट्यो

ताप्लेजुङ, पुस १७ गते । पुस १३ गते कीर्तिमान बनेको

सानिमा मिडल तमोर जलविद्युतको उत्पादन तीन सातादेखि ठप्प 

ताप्लेजुङ, पुस १७ गते । ७३ मेगावट क्षमताको सानिमा मिडल

ताप्लेजुङको सुकेटार विमानस्थलमा हवाई उडान थप

ताप्लेजुङ, पुस १७ गते । ताप्लेजुङको सुकेटार विमानस्थलमा हवाई उडान