वनमा आगो लगाएको अभियोगमा पाँचजना पक्राउ



काभ्रेपलाञ्चोक । जङ्गलमा आगो लगाएको अभियोगमा पाँचजना पक्राउ परेका छन् । वनमा आगजनी गरेको अभियोगमा उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले बताए ।

पाँचखाल नगरपालिका–५ रातमाटे सामुदायिक जङ्गलमा आगो झोसेको अभियोगमा मण्डनदेउपुर नगरपालिका–११ का ३१ वर्षीय मैते तामाङ, २५ वर्षीय विकास भुजेल र सविन सुनार, नमोबुद्ध नपा–१ को कासकोट सामुदायिक जङ्गलमा आगो लगाएको अभियोगमा ८० वर्षीय आइतीमाया तामाङ र चौँरीदेउराली गाउँपालिका–६ को आरुबोट सामुदायिक जङ्गलमा आगो लगाएको आशङ्कामा सोही वडाका ४९ वर्षीय लालकुमार सेन ठकुरीलाई नियन्त्रणमा लिइएको हो । पक्राउ परेका पाँचमध्ये नमोबुद्ध–१ का तामाङलाई हिरासतमुक्त गरिएको र अन्यलाई प मुद्दा चलाइएको उनले बताए ।

डढेलो मानवबस्तीमा पस्दा रोशी, महाभारत र खानीखोला गाउँपालिकाका विभिन्न ठाउँमा धनमालको क्षति भएको छ । रोशी गाउँपालिका–४ सानोपोटा गाउँका १५ घर नष्ट हुँदा रु दुई करोड २६ लाख ३० हजार बराबरको क्षति भएको थियो ।रासस

प्रकाशित मिति : 7:25 am

रास्वपा ताप्लेजुङको संगठन विस्तार तीव्र, फुङलिङ नगर सभापतिमा युवराज बराल

ताप्लेजुङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेपालले आसन्न महाधिवेशनलाई लक्षित

शान्ति सुरक्षा थप सुदृढ बनाइने डिएसपी जोशीको भनाई

ताप्लेजुङ, जेठ १५ गते । ताप्लेजुङका नयाँ प्रहरी प्रमुख (डिएसपी)

ताप्लेजुङमा गरियो नमुना विपद् अभ्यास प्रदर्शन

ताप्लेजुङ, जेठ १५ गते । ताप्लेजुङमा नमुना विपद् अभ्यास प्रदर्शन

भलिबल प्रतियोगिताका विजेतालाई मेरिङदेनको सम्मान 

ताप्लेजुङ, जेठ १४ गते । मेरिङदेन गाउँपालिकाले बुद्धरानी अन्तरपालिका स्तरीय

नेपाल पत्रकार महासङ्घ ताप्लेजुङ शाखाको १२ औं साधारण सभा सम्पन्न

ताप्लेजुङ, जेठ १२ गते । नेपाल पत्रकार महासङ्घ ताप्लेजुङ शाखाको