खुकुरी प्रहारबाट युवक घाइते



हेटौँडा । मकवानपुरको हेटौँडा–१० बसपार्कमा शनिबार बिहान खुकुरी प्रहारबाट एक युवक गम्भीर घाइते भएका छन् । हेटौँडा उपमहानगरपालिका वडा नं।३ बसामाडी घर भई हाल हेटौँडा–११ थानाभर्याङ डेरा गरी बस्ने २० वर्षीय समिर थिङ र १८ वर्षीय पञ्च बहादुर तामाङले जितपुर सिमरा उपमहानगरपालिका वडा नं १६ महेन्द्रनगर बस्ने १९ वर्षीय आयुष कुँवरमाथि खुकुरी प्रहार गरेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

खुकुरी प्रहारबाट कुँवरको टाउको, गर्दन र दाहिने हातको कान्छी औँलामा चोट लागेको प्रहरीले जनाएको छ । घाइते कुँवरको उपचारका लागि हेटौँडा अस्पतालमा पठाइएकोमा त्यहाँ उपचार सम्भव नभएपछि शनिबार बिहान चुरेहिल अस्पतालमा रिफर गरिएको हो ।

घाइते कुँवरको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घटनामा संलग्न दुबै जनालाई खुकुरीसहित नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय मकवानपुरले कारवाही प्रक्रिया अगाडि बढाएको छ ।

प्रकाशित मिति : 6:13 am

मन्त्र ब्याण्डको लाईभ कन्सर्टबाट १२ लाख बढी बचत

रेडियो काबेलीताप्लेजुङ । मन्त्र ब्याण्डको लाईभ कन्सर्टबाट १२ लाख बढी

बहुदेशीय सामुदायिक भवनको शिलान्यास

ताप्लेजुङ, पुष २१ गते । ताप्लेजुङको फुङलिङ नगरपालिकामा निर्माण हुन

१६ औं राष्ट्रपति शिल्ड माघ २३ गतेदेखि

ताप्लेजुङ, पुस २१ गते । ताप्लेजुङमा अन्तर पालिका स्तरीय १६

अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रमको जिल्ला स्तरीय प्रगति समिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

रेडियो काबेलीताप्लेजुङ । ताप्लेजुङमा अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रमको जिल्ला