खुकुरी प्रहारबाट युवक घाइते



हेटौँडा । मकवानपुरको हेटौँडा–१० बसपार्कमा शनिबार बिहान खुकुरी प्रहारबाट एक युवक गम्भीर घाइते भएका छन् । हेटौँडा उपमहानगरपालिका वडा नं।३ बसामाडी घर भई हाल हेटौँडा–११ थानाभर्याङ डेरा गरी बस्ने २० वर्षीय समिर थिङ र १८ वर्षीय पञ्च बहादुर तामाङले जितपुर सिमरा उपमहानगरपालिका वडा नं १६ महेन्द्रनगर बस्ने १९ वर्षीय आयुष कुँवरमाथि खुकुरी प्रहार गरेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

खुकुरी प्रहारबाट कुँवरको टाउको, गर्दन र दाहिने हातको कान्छी औँलामा चोट लागेको प्रहरीले जनाएको छ । घाइते कुँवरको उपचारका लागि हेटौँडा अस्पतालमा पठाइएकोमा त्यहाँ उपचार सम्भव नभएपछि शनिबार बिहान चुरेहिल अस्पतालमा रिफर गरिएको हो ।

घाइते कुँवरको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घटनामा संलग्न दुबै जनालाई खुकुरीसहित नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय मकवानपुरले कारवाही प्रक्रिया अगाडि बढाएको छ ।

प्रकाशित मिति : 6:13 am

ताप्लेजुङ पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

ताप्लेजुङ, जेठ ७ गते । ताप्लेजुङलाई पूर्ण खोप सुनिश्चित तथा

पाथीभरा याङवरक गाउँपालिकाद्धारा गोलिया काठ निकसिमा रोक

सौगात विष्टताप्लेजुङ, जेठ ६ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले

ओलाङचुङगोला भन्सार कार्यालय सञ्चालनमा

ताप्लेजुङ, जेठ ६ गते । लामो समयदेखि कर्मचारी अभावका कारण

केबलकारको विरोधमा अन्तरक्रिया कार्यक्रम 

ताप्लेजुङ, जेठ ६ गते । प्रसिद्ध शक्ति पीठ पाथीभरा मन्दिर

ओझागाउँ आधारभूत विद्यालयको नयाँ भवन उद्‌घाटन

सौगात विष्टताप्लेजुङ, जेठ ५ गते । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–२ खोक्लिङस्थित