परीक्षा दिएर फर्केकी युवतीमाथि गोली प्रहार



काठमाडौँ । झापामा एक विद्यार्थीमाथि गोली प्रहार भएको छ । कक्षा १२ को परीक्षा दिएर फर्कँदै गर्दा उनीमाथि गोली प्रहार भएको स्थानीयको भनाई छ ।

स्थानीय हिमालय माध्यमिक विद्यालयबाट परीक्षा दिएर फर्कँदै गर्दा १८ वर्षीय एरिना अधिकारीलाई गोली प्रहार भएको भनिएपनि प्रहरीले भने गोली लागेको पुष्टि भइनसकेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्णकुमार कुमार चन्दले आवाज आएको सुनिएपनि गोलीको हो वा अरू केहीको भन्ने पुष्टि नभएको बताए ।

‘आवाज आएको हो तर के को भन्ने निश्चित छैन । घाइतेलाई स्थानीय अस्पताल लगिएको छ र अवस्था सामान्य भन्ने सूचना छ’, डीएसपी चन्दले रातोपाटीसँग भने,‘अनुसन्धान भइरहेको छ । अहिलेसम्म कोही पनि पक्राउ परेको छैन ।’

प्रकाशित मिति : 9:44 am

प्रथम आँप पानी गोल्ड कप आगामी पुस २८ देखि 

ताप्लेजुङ, पुस २६ गते । ताप्लेजुङमा प्रथम आँप पानी आमन्त्रित

ताप्लेजुङमा आमन्त्रित प्रथम माघेमेला गोल्ड कप सञ्चालन हुने

ताप्लेजुङ, पुस २६ गते । ताप्लेजुङको सिंवा बजारमा आमन्त्रित प्रथम

तेस्रो वरकदेन गोल्ड कप सञ्चालन हुने

ताप्लेजुङ, पुस २५ गते। ताप्लेजुङमा तेस्रो वरकदेन गोल्ड कप सञ्चालन