नेपालीलाई चीनमा प्रवेशाज्ञा शुल्क नलाग्ने



काठमाडौँ। छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई साधारणतर्फ ९नियमित० प्रवेशाज्ञा शुल्क नलिने भएको छ । चिनियाँ राजदूतावासले सूचना जारी गर्दै बुधबारदेखि नेपालीलाई सो शुल्क नलाग्ने जानकारी दिएको हो । नेपाल र चीनबिचको मित्रता प्रवर्धन गर्न तथा कर्मचारी आदानप्रदानलाई थप सहज बनाउन साधारणतर्फको भिसा शुल्क नलाग्ने बनाएको दूतावासले जनाएको छ । नेपालका लागि चिनियाँ राजदूत छङ सङले दुई देशबिचको सम्बन्धलाई प्रवर्धन गर्न र सेवालाई थप सहज बनाउन यस्तो निर्णय लिइएको जानकारी दिनुभएको छ ।

अध्यागमन विभागका अनुसार नेपाली नागरिकलाई नियमित भिसा शुल्क नलिने चीन सरकारको निर्णयले आर्थिक व्यापार, शिक्षा र पर्यटन जस्ता क्षेत्रमा नेपालीलाई फाइदा पुग्ने छ । यस निर्णयले नेपालबाट चीनमा पढ्न जाने विद्यार्थी, व्यवसायी र नेपाली पर्यटकको सङ्ख्यामा समेत बढोत्तरी हुने देखिन्छ । चीनले गत महिना मात्रै स्विट्जरल्यान्ड, आयरल्यान्ड, हङ्गेरी, अस्ट्रिया, बेल्जियम र लक्जम्बर्गलाई भिसा शुल्क नलिने निर्णय गरेको थियो ।

यसअघि चिनियाँ दूतावासले नियमित, एक्सप्रेस–१ र एक्सप्रेस–२ भिसाका लागि शुल्क लिने गरेको थियो । नियमित भिसा शुल्क निःशुल्क गरिए पनि एक्सप्रेस–१ भिसाका लागि चार हजार र एक्प्रेस–२ भिसाका लागि दुई हजार सात सय रुपियाँ तिर्नुपर्ने हुन्छ । त्यस्तै समूहतर्फ एक्सप्रेस–१ को दुई हजार रुपियाँ र एक्प्रेस–२ को एक हजार ३५० रुपियाँ तिर्नुपर्ने हुन्छ ।

नेपालबाट २०७२ चैत १२ गतेको मन्त्रीपरिषद्को बैठकले चिनियाँ पर्यटकलाई निःशुल्क भिसा दिने निर्णय गरेको थियो । पछिल्लो समय नेपाल भित्रिने चिनियाँ पर्यटक बढिरहेका छन् भने नेपाली नागरिक पनि उल्लेख्य सङ्ख्यामा चीन गइरहेका छन् । अध्यागमन विभागको तथ्याङ्क अनुसार नेपाल भित्रिने पर्यटकमध्ये भारतपछि दोस्रोमा चिनियाँ पर्यटक रहेका छन् । नेपालबाट भने सन् २०२३ मा छ हजार ९३ जना नेपाली पर्यटनका लागि चीन गएका देखिन्छन् ।

प्रकाशित मिति : 5:03 am

आज ग्याल्पो ल्होसार : सार्वजनिक बिदा

ताप्लेजुङ, फागुन ६ गते । शेर्पा समुदायले आज विभिन्न कार्यक्रम

साउदीको रियादमा १०औँ सगरमाथा गोल्डकप आयोजना हुँदै

काठमाडौँ । साउदी अरबको राजधानी रियाद मा १०औँ संस्करणको ‘सगरमाथा

ताप्लेजुङको आवाज बन्ने छु : क्षितिज थेबे

ताप्लेजुङ, फागुन ४ गते । आगामी फागुन २१ गते हुने

डिजिटल वक्तृत्वकलामा विद्वता पोखरेल प्रथम

ताप्लेजुङ, फागुन २ गते । ताप्लेजुङको पाथिभरा बहुमुखी क्याम्पसमा सञ्चालन

पाथीभरामा १८ लाख बढी भेटी सङ्कलन

ताप्लेजुङ, फागुन १ गते । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर (मुक्कुमलुङ)