शंखर पोखरेलको उपस्थितिमा एमाले ताप्लेजुङको १२औँ जिल्ला अधिवेशन हुँदै



साहारा लङ्वा लिम्बू

ताप्लेजुङ । नेकपा एमाले ताप्लेजुङ जिल्ला कमिटीको १२औँ जिल्ला अधिवेशन हुने भएको छ । अधिवेशन आगामी वैशाख २४ र २५ गते हुने भएको हो । 

मंगलबार एमाले पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै अधिवेशनको तयारी तिव्र गतिका साथ भइरहेको प्रचार प्रसार उपसमितिका संयोजक मणिशंकर पोमूले बताउँनुभयो । ‘‘दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकतालाई पराजित गरौँ जबजको मार्गदर्शनमा समाजवादको आधार निर्माण गरौं” भन्ने मूल नाराका साथ सम्पन्न हुन लागेको अधिवेशनको प्रमुख अतिथिको रुपमा पार्टीका महासचिव शंखर पोखरेलको उपस्थिति रहने पोमूको भनाई छ । 

यो सँगै पार्टी सचिव योगेश भट्टराई लगायत केन्द्रिय तथा प्रदेशका नेताहरूको पनि उपस्थिति रहने छ । अधिवेशनलाई सम्पन्न पार्न पार्टी अध्यक्ष भुपेन्द्र थेबेको अध्यक्षतामा १०७ सदसीय मूल व्यवस्थापन समिति गठन भएको छ । यो सँगै विभिन्न उपसमितिहरू पनि गठन गरिएको छ । प्रचार प्रसार समिति तर्फ उपसचिव पोमूको संयोजकत्वमा ५ सदस्यीय कमिटी गठन गरिएको छ । 

जसमा उपसंयोजकमा शान्ता आङबुहाङ र सदस्यहरूमा विप्लव पालुङवा, सुवास आचार्य, गंगा लिङखिम रहेका छन् । यस्तै आर्थिक व्यवस्थापन समितिमा उपाध्यक्ष सन्तोष खतिवडालाई संयोजक तोकिएको छ भने, सहसंयोजगमा मणिशंखर पोमू र सदस्यहरूमा महेन्द्र प्रकाश गौतम, सरदराज निरौला र तारानाथ घिमिरेलाई जिम्मेवारी दिइएको छ । 

प्रतिनिधि व्यवस्थापन समिति तर्फ संयोजकमा दिपेन्द्र पोमु दिपेन, सहसंयोजक सन्तोस प्रसाईँ सदस्यहरूमा लेखनाथ भट्टराई, भीमादेवी ओझा र सरदराज दिरौला रहनुभएको छ । स्वयंसेवक परिचालन समितिको संयोजक आशिष केदेमलाई बनाइएको छ भने, सहसंयोजक गोपाल न्यौपाने हुनुहुन्छ ।  अथिति सत्कार समिति तर्फ संयोजकमा टिका दाहाल, सहसंयोजकमा पदम सुनुवार र सदस्यहरूमा मीना केदेम, निर्मला इजम र दिलु श्रेष्ठ रहनुभएको छ । 

यस्तै मञ्च व्यवस्थापन समितिको संयोजकमा दिनेश अधिकारी तोकिनु भएको छ भने, सहसंयोजकमा पदम सुनुवार र सदस्यहरूमा सन्तोष प्रसाई, दिपक धिताल र रमेस घिमिरेलाई जिम्मेवारी दिइएको छ । अधिवेशनमा सहभागी प्रतिनिधिहरू आयोजक कमिटीबाट १०७ जना, ६१ वडा कमिटीबाट २३६ जना र जनसंगठनहरुबाट १८ जना गरी जम्मा प्रतिनिधि संख्या ३६१ हुने अनुमान गरिएको एमाले ताप्लेजुङले जनाएको छ । 

वडा र जनसङ्गठनको बैशाख २१ गते मा प्रतिनिधि छनोट हुने समेत बताइएको छ । यस्तै अधिवेशनका लागि पार्टीले लोगो पनि सार्वजनिक गरेको छ ।

प्रकाशित मिति : 1:40 pm

फुङलिङले चुम्यो कञ्चनजंघा सेसेलुङ महिला गोल्ड कप उपाधि

ताप्लेजुङ, मङ्सिर २० गते । कञ्चनजंघा सेसेलुङ महिला गोल्ड कपको

सेसेलुङ महिला गोल्ड कप : आज उपाधिका लागि मेरिङदेन र फुङलिङ भिड्दै

ताप्लेजुङ, मंसिर २० गते । ताप्लेजुङमा जारी कञ्चनजङ्घा सेसेलुङ महिला

मिक्वाखोला : थलङ स्पोर्टिङ क्लब र फङफङदेन स्पोर्टिङ क्लब सेमिफाइनलमा प्रवेश

रेडियो काबेलीताप्लेजुङ । जिल्लाको मिक्वाखोला गाउँपालिका –४ साँबामा जारी आमन्त्रीत

 सेसेलुङ महिला गोल्ड कपको उपाधिका लागि मेरिङदेन र फुङलिङ भिड्दै

ताप्लेजुङ, मंसिर १९ गते । ताप्लेजुङमा जारी कञ्चनजङ्घा सेसेलुङ महिला

नेपाली कम्युनिष्ट पार्टी ताप्लेजुङले मंसिर २५ गते एकता सन्देश सभा गर्ने 

ताप्लेजुङ, मंसिर १९ गते । नेपाली कम्युनिष्ट पार्टी ताप्लेजुङले आगामी