शंखर पोखरेलको उपस्थितिमा एमाले ताप्लेजुङको १२औँ जिल्ला अधिवेशन हुँदै



साहारा लङ्वा लिम्बू

ताप्लेजुङ । नेकपा एमाले ताप्लेजुङ जिल्ला कमिटीको १२औँ जिल्ला अधिवेशन हुने भएको छ । अधिवेशन आगामी वैशाख २४ र २५ गते हुने भएको हो । 

मंगलबार एमाले पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै अधिवेशनको तयारी तिव्र गतिका साथ भइरहेको प्रचार प्रसार उपसमितिका संयोजक मणिशंकर पोमूले बताउँनुभयो । ‘‘दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकतालाई पराजित गरौँ जबजको मार्गदर्शनमा समाजवादको आधार निर्माण गरौं” भन्ने मूल नाराका साथ सम्पन्न हुन लागेको अधिवेशनको प्रमुख अतिथिको रुपमा पार्टीका महासचिव शंखर पोखरेलको उपस्थिति रहने पोमूको भनाई छ । 

यो सँगै पार्टी सचिव योगेश भट्टराई लगायत केन्द्रिय तथा प्रदेशका नेताहरूको पनि उपस्थिति रहने छ । अधिवेशनलाई सम्पन्न पार्न पार्टी अध्यक्ष भुपेन्द्र थेबेको अध्यक्षतामा १०७ सदसीय मूल व्यवस्थापन समिति गठन भएको छ । यो सँगै विभिन्न उपसमितिहरू पनि गठन गरिएको छ । प्रचार प्रसार समिति तर्फ उपसचिव पोमूको संयोजकत्वमा ५ सदस्यीय कमिटी गठन गरिएको छ । 

जसमा उपसंयोजकमा शान्ता आङबुहाङ र सदस्यहरूमा विप्लव पालुङवा, सुवास आचार्य, गंगा लिङखिम रहेका छन् । यस्तै आर्थिक व्यवस्थापन समितिमा उपाध्यक्ष सन्तोष खतिवडालाई संयोजक तोकिएको छ भने, सहसंयोजगमा मणिशंखर पोमू र सदस्यहरूमा महेन्द्र प्रकाश गौतम, सरदराज निरौला र तारानाथ घिमिरेलाई जिम्मेवारी दिइएको छ । 

प्रतिनिधि व्यवस्थापन समिति तर्फ संयोजकमा दिपेन्द्र पोमु दिपेन, सहसंयोजक सन्तोस प्रसाईँ सदस्यहरूमा लेखनाथ भट्टराई, भीमादेवी ओझा र सरदराज दिरौला रहनुभएको छ । स्वयंसेवक परिचालन समितिको संयोजक आशिष केदेमलाई बनाइएको छ भने, सहसंयोजक गोपाल न्यौपाने हुनुहुन्छ ।  अथिति सत्कार समिति तर्फ संयोजकमा टिका दाहाल, सहसंयोजकमा पदम सुनुवार र सदस्यहरूमा मीना केदेम, निर्मला इजम र दिलु श्रेष्ठ रहनुभएको छ । 

यस्तै मञ्च व्यवस्थापन समितिको संयोजकमा दिनेश अधिकारी तोकिनु भएको छ भने, सहसंयोजकमा पदम सुनुवार र सदस्यहरूमा सन्तोष प्रसाई, दिपक धिताल र रमेस घिमिरेलाई जिम्मेवारी दिइएको छ । अधिवेशनमा सहभागी प्रतिनिधिहरू आयोजक कमिटीबाट १०७ जना, ६१ वडा कमिटीबाट २३६ जना र जनसंगठनहरुबाट १८ जना गरी जम्मा प्रतिनिधि संख्या ३६१ हुने अनुमान गरिएको एमाले ताप्लेजुङले जनाएको छ । 

वडा र जनसङ्गठनको बैशाख २१ गते मा प्रतिनिधि छनोट हुने समेत बताइएको छ । यस्तै अधिवेशनका लागि पार्टीले लोगो पनि सार्वजनिक गरेको छ ।

प्रकाशित मिति : 1:40 pm

पाथीभरा दर्शनको क्रममा बालकको मृत्यु

ताप्लेजुङ, चैत्र ९ गते । पाथीभरा दर्शनको क्रममा बिरामी भएका

पश्चिमी र स्थानीय वायुको प्रभावले देशभर मौसम बदली, केही क्षेत्रमा वर्षा र हिमपात

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक

चितुवाको आक्रमणमा प्रहरीसहित चार घाइते

झापा । बुद्धशान्ति गाउँपालिका–४ टिमाइमा आज चितुवाको आक्रमणबाट एक सशस्त्र

सातौँ ताप्लेजुङ बज्रगुरु मन्त्रजप चैत्र १२ देखि

ताप्लेजुङ, चैत्र ८ गते । ताप्लेजुङमा आगामी चैत १२ गतेदेखि

पाथिभरा बहुमुखी क्याम्पसद्वारा जलवायु परिवर्तन सम्बन्धी विद्यार्थीहरूलाई एक दिने अभिभुखिकरण तालिम प्रदान

सौगात विष्ट ताप्लेजुङ, चैत ४ गते । ताप्लेजुङको पाथिभरा बहुमुखी क्याम्पसले