घरेलुद्धारा खोक्लिङमा सिलाई कटाई सम्बन्धी दुई महिने तालिम सुरु 




रेडियो काबेली
ताप्लेजुङ । घरेलु तथा साना उद्योग कार्यालय ताप्लेजुङद्वारा मिक्वाखोला गाउँपालिका खोक्लिङमा सिलाई कटाई सम्बन्धी दुई महिने तालिम सुरु भएको छ । मिक्वाखोला गाउँपालिकाको समन्वय र घरेलु तथा साना उद्योग कार्यालय ताप्लेजुङको आयोजनामा सिलाई कटाई सम्बन्धी सीप विकास तालिम सोमबारबाट सुरु भएको हो ।


गत आर्थिक वर्ष घरेलुले दिएको उद्यमशीलता विकास सम्बन्धी तालिम लिएका महिलाहरूलाई छनोट गरि चालु आर्थिक वर्ष २०८०÷८१ को उद्यम विकास कार्यक्रम अन्तरगत उक्त सीप विकास तालिम सुरु गरिएको घरेलु तथा साना उद्योग कार्यालय ताप्लेजुङका प्रमुख युवराज घोर्साईले जानकारी दिनुभयो । साथै उहाँले गाउँपालिकाले अन्य कृषि सम्बन्धी तालिमको आवश्यकता महसुस गरेमा घरेलुले आवश्यक सहयोग गर्न सदैव तयार रहेको बताउनुभयो ।


कार्यक्रममा बोल्नु हुँदै मिक्वाखोला गाउँपालिका अध्यक्ष भक्त बहादुर कार्कीले विगतमा भएका सिलाई कटाई तालिम प्रभावकारी नभएको बताउँदै सहभागी सबैलाई सक्रिय रुपमा  तालिम लिन र स्वरोजगार बन्न आग्रह गर्नुभयो । त्यस्तै वडा नंं. १ का अध्यक्ष राम कुमार लिम्बुले वडाका महिलालाई रोजगारसँग जोड्नको लागि तालिमको आयोजना गरेकोमा घरेलु तथा साना उद्योग कार्यालय ताप्लेजुङलाई धन्यवाद व्यक्त गर्नुभयो । तालिममा १० जना महिलाहरूको सहभागिता रहेको छ भने तालिमको सहजीकरण विष्णु नेपालीले गरिरहनु भएको छ ।

प्रकाशित मिति : १८ बैशाख २०८१, मंगलवार ०८:२०

क्षतीपुर्ती नपाएको भन्दै स्थानीयद्धारा हाईड्रोका गाडी सञ्चालन बन्द आह्वान

एलिना दियालीताप्लेजुङ । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाका स्थानीयले क्षतीपुर्ति नपाएको भन्दै

अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च

काठमाडौं । अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ

आज पाँच प्रदेशमा भारी वर्षा, कुन-कुन ?

बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा

खेल सकिएको २ घण्टापछि अर्जेन्टिना हारेको निर्णय

पेरिस ओलम्पिक २०२४ को पुरुष फुटबलमा मोरक्कोले अर्जेन्टिनालाई २–१ पराजित

८ सय बढीले गराए मतदाता नामावलीमा नाम दर्ता

ताप्लेजुङ । ताप्लेजुङका ८ सय बढीले मतदाता नामावलीमा नाम दर्ता