घरेलुद्धारा खोक्लिङमा सिलाई कटाई सम्बन्धी दुई महिने तालिम सुरु 




रेडियो काबेली
ताप्लेजुङ । घरेलु तथा साना उद्योग कार्यालय ताप्लेजुङद्वारा मिक्वाखोला गाउँपालिका खोक्लिङमा सिलाई कटाई सम्बन्धी दुई महिने तालिम सुरु भएको छ । मिक्वाखोला गाउँपालिकाको समन्वय र घरेलु तथा साना उद्योग कार्यालय ताप्लेजुङको आयोजनामा सिलाई कटाई सम्बन्धी सीप विकास तालिम सोमबारबाट सुरु भएको हो ।


गत आर्थिक वर्ष घरेलुले दिएको उद्यमशीलता विकास सम्बन्धी तालिम लिएका महिलाहरूलाई छनोट गरि चालु आर्थिक वर्ष २०८०÷८१ को उद्यम विकास कार्यक्रम अन्तरगत उक्त सीप विकास तालिम सुरु गरिएको घरेलु तथा साना उद्योग कार्यालय ताप्लेजुङका प्रमुख युवराज घोर्साईले जानकारी दिनुभयो । साथै उहाँले गाउँपालिकाले अन्य कृषि सम्बन्धी तालिमको आवश्यकता महसुस गरेमा घरेलुले आवश्यक सहयोग गर्न सदैव तयार रहेको बताउनुभयो ।


कार्यक्रममा बोल्नु हुँदै मिक्वाखोला गाउँपालिका अध्यक्ष भक्त बहादुर कार्कीले विगतमा भएका सिलाई कटाई तालिम प्रभावकारी नभएको बताउँदै सहभागी सबैलाई सक्रिय रुपमा  तालिम लिन र स्वरोजगार बन्न आग्रह गर्नुभयो । त्यस्तै वडा नंं. १ का अध्यक्ष राम कुमार लिम्बुले वडाका महिलालाई रोजगारसँग जोड्नको लागि तालिमको आयोजना गरेकोमा घरेलु तथा साना उद्योग कार्यालय ताप्लेजुङलाई धन्यवाद व्यक्त गर्नुभयो । तालिममा १० जना महिलाहरूको सहभागिता रहेको छ भने तालिमको सहजीकरण विष्णु नेपालीले गरिरहनु भएको छ ।

प्रकाशित मिति : 8:20 am

महाशिवरात्रि फुटबलको उपाधि तेह्रथुमलाई

ताप्लेजुङ, चैत २२ गते । ताप्लेजुङमा सम्पन्न भएको विशेष महाशिवरात्रि

प्रहरीको आयोजनामा दौड प्रतियोगिता

ताप्लेजुङ, चैत २२ गते । जिल्ला प्रहरी कार्यालयले हरित पैदल

आईटी एकेडेमीबाट दीक्षित भएका प्रशिक्षार्थीलाई प्रमाणपत्र 

 ताप्लेजुङ, चैत १९ गते । ताप्लेजुङमा रहेको एक मात्र आईटी

मेरिङ्देन गाउँपालिकाले स्नातक तह अध्ययन गर्ने विद्यार्थीको शुल्क तिरिदिने 

ताप्लेजुङ, चैत १८ गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिकाले उच्च शिक्षा

पूर्व प्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

ताप्लेजुङ, चैत १४ गते । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ