लालीगुराँस सेवा समाजद्वारा खेजेनिम माविका विद्यार्थीहरूलाई २ लाख बराबरको सहयोग



ताप्लेजुङ । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका-२ मा रहेको खेजेनिम माविका विद्यार्थीहरूलाई लालीगुराँस सेवाले २ लाख बराबरको साम्रगी सहयोग गरेको छ । सेवाले उक्त रकम बराबरको खेलकुद सामग्री, स्टेसनरी र ट्रयाक सुट वितरण गरेको हो ।

खेजेनिम माविमा कक्षा-५ सम्मका ९० जना विद्यार्थीहरूलाई ट्रयाक सुट, कक्षा १० सम्मका सबै विद्यार्थीहरूलाई ८६० थान कपी र कलम वितरण गरिएको सेवाका सल्लाहकार तेन्जिङ वालुङले जानकारी दिनुभएको छ । 

त्यस्तै, प्रत्येक वर्ष ४ जनालाई १० वर्षसम्म छात्रवृत्ति स्वरुप वर्षको ३ हजारको दरले छात्रवृत्ति दिने सम्झौता सँगै यो वर्षको भने एकमुष्ठ १२ हजार रुपैयाँ प्रदान गरिएको उहाँले बताउनुभयो  । यस्तै विद्यार्थीहरूलाई १०७ जोडी चप्पल, २ थान फुटबल र १ थान भलिबल समेत हस्तान्तरण गरिएको छ ।  

२०८० सालमा फक्ताङ्लुङ गाउँपलिका-६ लेलेपमा स्थापना भएको यस संस्थाले पहिलोपटक सहयोग गरेको हो । कार्यक्रममा फक्ताङ्लुङ गाउँपालिका उपाध्यक्ष रविन साम्रा लिम्बू (विकास), संस्थाका अध्यक्ष सीता ढुंगाना, फक्ताङलुङ-२ खेजेनिम वडा अध्यक्ष भुपेन्द्र चौलागाइँ, संस्थाका सल्लाहकार तेन्जिङ वालुङ र वि. व्य. स. अध्यक्ष दिल कुमार पतङवा साथमा स्थानीय अभिभावकहरूको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : १८ बैशाख २०८१, मंगलवार ०७:२६

थुङ्थापको सिन्धकाली आधारभूत विद्यालयमा १० लाख रुपैयाँको अक्षय कोष स्थापना

ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका वडा नं. १ थुङ्थापमा रहेको

मंगलबार एकैदिन ६ हजार बढीे दर्शनार्थी पुगे पाथीभरा मन्दिर

रेडियो काबेलीताप्लेजुङ । नवरात्रको समय सुनसान जस्तै बनेको पाथीभरा मन्दिरको

फुङलिङमा खुकुरी देखाएर आतङ्कित गर्न खोज्ने दुईजना पक्राउ

रेडियो काबेलीताप्लेजुङ । ताप्लेजुङमा खुकुरी देखाएर आतङ्कित गर्न खोज्ने दुईजनालाई

ताप्लेजुङमा भन्सार छलिकोे सिक्किमे मदिरा सहित दुई जना पक्राउ

रेडियो काबेलीताप्लेजुङ । ताप्लेजुङमा भन्सार छलिको २ लाख रुपैँयाको सिक्किमे

रास्वपा ताप्लेजुङद्धारा पार्टी सभापति लामिछानेको रिहाई माग राख्दै प्रशासन कार्यालयमा ज्ञापनपत्र पेश

रेडियो काबेलीताप्लेजुङ । राष्ट्रिय स्वतन्त्र पार्टी जिल्ला सम्पर्क कार्यालय ताप्लेजुङले