ताप्लेजुङमा सूचना विभागको दुई दिने घुम्ती शिविर



ताप्लेजुङ । ताप्लेजुङमा सूचना तथा प्रशारण विभागको आयोजनामा दुई दिने घुम्ती शिविर सुरु भएको छ । नेपाल पत्रकार महासङ्घ जिल्ला शाखाको सहकार्यमा सदरमुकाम फुङ्लिङमा आइतबारदेखि घुम्ती शिविर सुरु भएको हो ।

सूचना तथा प्रसारण विभागले प्रवाह गर्ने सेवा साथै दुर्गम क्षेत्रमा कार्यरत पत्रकारहरुको क्षमता अभिवृद्धि गर्न तालिम दिने उद्देश्यसहित विभागले घुम्ती शिविर आयोजना गरेको हो । घुम्ती शिविरमा पत्रकार परिचयपत्र वितरण तथा नवीकरण, अनलाइन सञ्चारमाध्यम दर्ता र नवीकरणजस्ता सेवा प्रवाह गरिँदै आएको छ ।

सूचना तथा प्रसारण विभागले प्रवाह गर्ने सेवासँगै पत्रकारहरुका लागि पत्रकार क्षमता अभिवृद्धि तालिम सञ्चलान गरिएको छ । तालिमको सहजीकरण त्रिभुवन विश्वविद्यालयका सहप्रध्यापक डाक्टर विजय मिश्रले गर्नुभएको छ ।

यस्तै पत्रकारको क्षमता अभिवृद्धिसहित घुम्ती शिविर सञ्चालनका लागि सूचना तथा प्रसारण विभागका शाखा अधिकृत टेकबहादुर ओलीको नेतृत्वमा पाँच जनाको टोली रहनुभएको छ । यता घुम्ती शिविरको उद्घाटनमा प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यले स्थानीय पत्रकारले आफ्नै जिल्लाबाट विभागले प्रदान गर्ने सेवा प्राप्त गर्नु ठुलो राहत भएको बताउनुभयो ।

प्रकाशित मिति : 12:52 am

नापी कार्यालय ताप्लेजुङद्वारा झण्डै दोब्बर राजश्व सङ्कलन

ताप्लेजुङ, साउन १० गते । नापी कार्यालय ताप्लेजुङले झण्डै दोब्बर

कफी खेती विस्तारका लागि मैवाखोलामा निःशुल्क बिरुवा वितरण

ताप्लेजुङ, साउन १० गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले कफी खेती

मेची राजमार्गको सडक सीमा पुनरावलोकन गर्न अनुरोध

ताप्लेजु, साउन ९ गते । ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले मेची राजमार्गअन्तर्गत

ताप्लेजुङको लिटल बुद्ध आवासीय माध्यमिक विद्यालयद्वारा फेरि भेटौँला कार्यक्रम सम्पन्न

सौगात विष्ट ताप्लेजुङ, साउन ७ गते । ताप्लेजुङको लिटल बुद्ध

दुर्गादल गुल्मका गुल्मपति उमेश खड्काको सरुवा

ताप्लेजुङ, साउन ६ गते । ताप्लेजुङका दुर्गादल गुल्मका गुल्मपति उमेश