ताप्लेजुङमा सूचना विभागको दुई दिने घुम्ती शिविर



ताप्लेजुङ । ताप्लेजुङमा सूचना तथा प्रशारण विभागको आयोजनामा दुई दिने घुम्ती शिविर सुरु भएको छ । नेपाल पत्रकार महासङ्घ जिल्ला शाखाको सहकार्यमा सदरमुकाम फुङ्लिङमा आइतबारदेखि घुम्ती शिविर सुरु भएको हो ।

सूचना तथा प्रसारण विभागले प्रवाह गर्ने सेवा साथै दुर्गम क्षेत्रमा कार्यरत पत्रकारहरुको क्षमता अभिवृद्धि गर्न तालिम दिने उद्देश्यसहित विभागले घुम्ती शिविर आयोजना गरेको हो । घुम्ती शिविरमा पत्रकार परिचयपत्र वितरण तथा नवीकरण, अनलाइन सञ्चारमाध्यम दर्ता र नवीकरणजस्ता सेवा प्रवाह गरिँदै आएको छ ।

सूचना तथा प्रसारण विभागले प्रवाह गर्ने सेवासँगै पत्रकारहरुका लागि पत्रकार क्षमता अभिवृद्धि तालिम सञ्चलान गरिएको छ । तालिमको सहजीकरण त्रिभुवन विश्वविद्यालयका सहप्रध्यापक डाक्टर विजय मिश्रले गर्नुभएको छ ।

यस्तै पत्रकारको क्षमता अभिवृद्धिसहित घुम्ती शिविर सञ्चालनका लागि सूचना तथा प्रसारण विभागका शाखा अधिकृत टेकबहादुर ओलीको नेतृत्वमा पाँच जनाको टोली रहनुभएको छ । यता घुम्ती शिविरको उद्घाटनमा प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यले स्थानीय पत्रकारले आफ्नै जिल्लाबाट विभागले प्रदान गर्ने सेवा प्राप्त गर्नु ठुलो राहत भएको बताउनुभयो ।

प्रकाशित मिति : १७ बैशाख २०८१, सोमबार ००:५२

ताप्लेजुङमा बढ्यो बुढ्यौलीको सङ्ख्या  

ताप्लेजुङ । ताप्लेजुङमा बुढ्यौलीको सङ्ख्या बढेको छ । तथ्याङ्क समन्वय

सिँवा माध्यमिक विद्यालयमा निःशुल्क आँखा शिविर, दुई सयले लिए सेवा

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका वडा नं. ३ लिङखिमस्थित सिँवा

कञ्चनजंघाको दक्षिणी आधार शिवरमा टावर निर्माण गरिदिन सिरीजङ्घा गाउँपालिकाको दुरसञ्चारलाई पत्र

रेडियो काबेलीताप्लेजुङ । ताप्लेजुङको सिरीजङ्घा गाउँपालिकाले कञ्चनजंघा हिमालको दक्षिणी आधार

साहसिक यात्राका लागि कञ्चनजङ्गा हिमाल, पर्यटकको रोजाइमा

ताप्लेजुङ । विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा पछिल्लो समय आन्तरिक

केवलकार खारेज गर्नुपर्ने अडान कायमै रहेको नो केबलकार पक्षधरको भनाइ

ताप्लेजुङ। पाथीभरा (मुक्कुमलुङ) बचाउ अभियानमा रहेको नो केवलकार पक्षले आफ्नो