उपनिर्वाचन : यी सवारीसाधन मात्र चल्न पाइने



भोलि मतदानको दिन सवारी आवागमन व्यवस्थापन सम्बन्धमा निर्वाचन आयोग मापदण्ड तयार गरी तोकिएको भन्दा बाहेक सवारीसाधन चल्न नदिने भएको छ । वैशाख १५ गते शनिबार इलाम जिल्ला प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ र बझाङ जिल्ला प्रदेश सभा निर्वाचन क्षेत्र नं. १(१) मा निर्वाचन हुँदैछ ।

उपनिर्वाचनमा स्वच्छता, निष्पक्षता तथा पारदर्शितामा असर नपर्ने गरी सम्बन्धित निर्वाचन क्षेत्रका मतदाताहरूको सहज आवागमनका लागि आयोगको मिति २०८१ वैशाख १० गतेको निर्णयबाट सार्वजनिक यातायात सञ्चालनको उपयुक्त प्रबन्ध गर्न निर्देशन दिइसकिएको आयोगले जनाएको छ।

निर्वाचनका दिन चल्न पाउने सवारीसाधनको विवरणः
क. बिरामी बोकेको एम्बुलेन्स,

ख. खानेपानीको ट्याङ्कर,

ग. दुध बोक्ने सवारी साधन,

घ. दमकल,

ङ. सूचना तथा प्रसारण विभाग वा प्रदेश सञ्चार रजिष्ट्रारको कार्यालय वा प्रदेश सरकार मातहतको सञ्चार प्राधिकरण वा अन्य त्यस्तै सूचीकृत भई सञ्चालनमा रहेका सम्बन्धित सञ्चारगृहबाट जारी गरिएका परिचयपत्र वाहक सञ्चारकर्मीले प्रयोग गर्ने सवारी साधन,
च. दूरसञ्चार तथा केवल सेवाका लागि प्रयोग हुने सवारी साधन,

छ. शव वाहन,

ज. अस्पतालमा कार्यरत परिचयपत्र प्राप्त चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीको आवागमनका लागि प्रयोग हुने सवारी साधन,

झ. निर्वाचन आयोगबाट जारी परिचयपत्र वाहक पर्यवेक्षक, अनुगमनकर्ताले प्रयोग गर्ने सवारी साधन,

ञ. फोहोर मैला ओसारपसार गर्ने सवारीसाधन,

ट. तरकारी, फलफुल तथा विद्युत् सेवाका लागि प्रयोग हुने सवारी साधन,

. कूटनीतिक नियोग, युएन एजेन्सी तथा द्विपक्षीय तथा बहुपक्षीय विकास साझेदार संस्थाहरूमा कार्यरत पदाधिकारी तथा कर्मचारीले प्रयोग गर्ने निलो नम्बर प्लेट भएको सवारी साधन,

ड. विदेशी पर्यटक मात्र बोकेको हरियो नम्बर प्लेट भएको सवारी साधन,

ढ. सुरक्षाकर्मीले प्रयोग गर्ने सुरक्षा निकायको सवारी साधन,

ण. आफू खटिएको मतदान केन्द्रसम्म जान र मतदान केन्द्रबाट फर्किनको लागि मतदान कार्यमा खटिने कर्मचारी तथा स्वयंसेवकले प्रयोग गर्ने सवारी साधन ।

प्रकाशित मिति : 7:30 am

थुकिमामा दोस्रो साङधुङगे माङ्गेन कपको दोस्रो संस्करण सञ्चालन हुने

ताप्लेजुङ, कात्तिक २१ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–५ थुकिमामा दोस्रो

ताप्लेजुङका १८ उद्यमीलाई उद्यमशीलता विकास तालिम 

साहारा लिम्बूताप्लेजुङ, कात्तिक २१ गते । ताप्लेजुङमा उद्यमशीलता विकास तथा

जेन जी एकताको अभियान ताप्लेजुङबाट सुरु 

ताप्लेजुङ, कात्तिक २१ गते । जेन जी युनाइटेड मुभमेन्टले एकताको

सेसेलुङ गोल्ड कपको आय व्यय सार्वजनिक, मङ्सिर १३ देखि महिला फुटबल प्रतियोगिता सञ्चालन हुने 

साहारा लिम्बू ताप्लेजुङ, कात्तिक २१ गते । गत वर्ष सञ्चालन भएको

निशुल्क अनलाईन कक्षा सम्बन्धि अभिमुखीकरण कार्यक्रम सुरु

रेडियो काबेलीताप्लेजुङमा । ताप्लेजुङमा निशुल्क अनलाईन कक्षा सम्बन्धि अभिमुखिकरण कार्यक्रम