तत्कालीन गाउँपालिकाका उपाध्यक्षसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कालिकोटको महावै गाउँपालिकाका तत्कालीन गाउँपालिकाका उपाध्यक्ष तथा अनुगमन समितिका संयोजक मनराज शाहीसहित नौ जनाविरुद्ध भ्रष्टाचार गरेको मुद्दा दायर भएको छ ।

कालीकोटको महावै गाउँपालिकास्थित सिमखेतदेखि ओदा जाने सडक निर्माणमा ३८ लाख ७६ हजार २७० रुपियाँ भ्रष्टाचार गरेको आरोपमा अख्तियारले बिहीबार विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो ।

अख्तियारका प्रवक्ता नरहरि घिमिरेका अनुसार महावै गाउँपालिकाका तत्कालीन गाउँपालिका उपाध्यक्ष शाही, निमित्त प्रमुख प्रशासकीय अधिकृत गणेशमान सिंह, तत्कालीन इन्जिनियर रुद्र बहादुर वली, सव इन्जिनियर हरिप्रसाद पाण्डेय र सोही गाउँपालिका–२ का तत्कालीन वडाअध्यक्ष गौकला सिंह र लेखापाल मलिम रावलविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको हो ।

यसैगरी, महावै गाउँपालिका सिमखेतदेखि पादमघाटसम्म सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष अकल सुनार, कोषाध्यक्ष जर्मकला काफ्ले र सचिव ददी कामी भनिने दधि कामीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको प्रवक्ता घिमिरेले जानकारी दिनुभयो ।

सिमखेतदेखि ओदा जाने सडक अन्दाजी २५ मिटर मात्र डोजरले खनी मान्छेले काम गरेको बिल बनाउन लगाएको एवम् वास्तविक कामभन्दा बढी परिमाणको काम भएको देखाई बढी रकम भुक्तानी लिएको भन्ने उजुरी परेपछि अख्तियारले छानबिन थालेको थियो ।

उजुरीका आधारमा अनुसन्धान हुँदा महावै गाउँपालिकाले आर्थिक वर्ष २०७५–२०७६ मा सिमखेतदेखि पादमघाटसम्म उपभोक्ता समितिमार्फत सडक निर्माण गराएको पाइएको अख्तियारको ठहर छ । सो कार्य सम्पन्न प्रतिवेदनमा सडकको लम्बाई ८२० मिटर, चौडाइ ४ मिटर र कडा चट्टान काटिएको परिमाण २०४५ घनमिटर उल्लेख गरेको देखिएको छ ।

तर फिल्डमा सडकको वास्तविक लम्बाई ५२० मिटर, चौडाइ औषत ३।७ मिटर र कडा चट्टान काटिएको परिमाण १६९।८० घनमिटर मात्र देखिएको अख्तियारको निष्कर्ष छ । यसरी गलत नापी किताब र कार्यसम्पन्न प्रतिवेदन तयार पारी नभएको कामको ३८ लाख ७६ हजार २७० रुपियाँ भुक्तानी गरी आफूहरूलाई गैरकानुनी लाभ र गाउँपालिकालाई हानि पुर्‍याई भ्रष्टाचार गरेको पुष्टि हुन आएको प्रवक्ता घिमिरेले जानकारी दिनुभयो । गोरखापत्र

प्रकाशित मिति : 11:17 am

महाशिवरात्रि फुटबलको उपाधि तेह्रथुमलाई

ताप्लेजुङ, चैत २२ गते । ताप्लेजुङमा सम्पन्न भएको विशेष महाशिवरात्रि

प्रहरीको आयोजनामा दौड प्रतियोगिता

ताप्लेजुङ, चैत २२ गते । जिल्ला प्रहरी कार्यालयले हरित पैदल

आईटी एकेडेमीबाट दीक्षित भएका प्रशिक्षार्थीलाई प्रमाणपत्र 

 ताप्लेजुङ, चैत १९ गते । ताप्लेजुङमा रहेको एक मात्र आईटी

मेरिङ्देन गाउँपालिकाले स्नातक तह अध्ययन गर्ने विद्यार्थीको शुल्क तिरिदिने 

ताप्लेजुङ, चैत १८ गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिकाले उच्च शिक्षा

पूर्व प्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

ताप्लेजुङ, चैत १४ गते । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ