राष्ट्रिय फोटो पत्रकारिता दिवस : मैत्रीपूर्ण खेलमा बंगलादेशी टोलीसंग एनएफपिजे नेपाल पराजित



काठमाडौँ । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा बंगलादेशको नारायणगंज क्लबले नेपालको राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल) लाई पराजित गरेको छ ।

राष्ट्रिय फोटो पत्रकारिता दिवस २०८१ को अवसरमा एनएफपिजे नेपालले ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स सातदोबाटोमा आयोजना भएको पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा बंगलादेशले ५–३ गोलले पराजित गरेको हो ।

खेलमा बङगलादेशको तर्फबाट जाकिर होसेन सहिमले ३ र मय्हेदी हसन तोपुले २ गोल गरे भने नेपालबाट सुमन लिम्बुले २ र दीवाकर शेनले एक गोल फर्काए । मैत्रीपूर्ण खेल राष्ट्रिय फोटो पत्रकार समुह नेपालले आयोजना गरेको हो ।

फोटो पत्रकारिता दिवसको अवसरमा खेलकुदको माध्यमबाट छिमेकी राष्ट्रहरुसँगको आपसी सम्बन्ध बलियो बनाउँदै लैजाने उद्देश्यले मैत्रीपूर्ण फुटबल आयोजना गरिएको जानकारी समुहका अध्यक्ष प्रदीपराज वन्तले दिए ।

नारायणगंज क्लबसँगको खेल खेल्नुअघि कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङले खेलाडीलाई बल हस्तान्तरण गरेका थिए।

सहभागी सम्पूर्ण खेलाडीहरूलाई मेडल प्रमाणपत्रसंगै मायाको चिनो साटासाट गरिएको थियो। कार्यक्रम सफल बनाउन राष्ट्रिय खेलकुद परिषद् (राखेप), गोकर्णेश्वर नगरपालिका वडा नम्बर ९ आरुबारी, प्रिण्टिङ्ग एक्सप्रेस, म नेपाली, गोल्ड स्टार सूज, एन्फा एकेडेमी, नेपाल एरहोस्टेज, हिमाल हस्पिटल, स्वतिश्री गुरुकुल स्कुल र ललितपुर महानगरपालिकाले साथ दिएका थिए।

प्रकाशित मिति : १३ बैशाख २०८१, बिहीबार ०७:३०

पाथिभरा याङवरकले दियो कृषकलाई उपकरण र सुन्तलाको बिरुवा

ताप्लेजुङ । पाथिभरा याङवरक गाउँपालिकाले कृषकहरूलाई कृषि सम्बन्धी उपकरण र

नेकपा एस ताप्लेजुङले अधिवेशनमा दुई सय ५० प्रतिनिधि सहभागी गराउने 

ताप्लेजुङ । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी ताप्लेजुङले जिल्ला अधिवेशनमा दुई

आठराई त्रिवेणी गाउँपालिकाको तीन वर्षे प्रगति सार्वजनिक

साहारा लिम्बूताप्लेजुङ। आठराई त्रिवेणी गाउँपालिकाका अध्यक्ष दिपेन्द्र पोमु (दिपेन)ले आफ्नो

केबुलकारको विरुद्धमा फेरी आन्दोलनका चरणहरू सार्वजनिक

ताप्लेजुङ । ताप्लेजुङ स्थित प्रसिद्ध तीर्थस्थल पाथिभरा मन्दिरमा केबुलकार निर्माणको

ताप्लेजुङमा बढ्यो बुढ्यौलीको सङ्ख्या  

ताप्लेजुङ । ताप्लेजुङमा बुढ्यौलीको सङ्ख्या बढेको छ । तथ्याङ्क समन्वय