ट्याक्टर दुर्घटनाबाट घाईते भएका फाकुम्बाका युवकको मृत्यु



ताप्लेजुङ । ताप्लेजुङमा ट्याक्टर दुर्घटनाबाट घाईते भएका युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा मैवाखोला गाउँपालिका ६ फाकुम्बाका ३४ वर्षीय फुतेम्बा शेर्पा रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक, प्रहरी प्रवक्ता कमल कुमार लुङगेलीले बताउनुभयो ।

उहाँका अनुसार ट्याक्टरमा सवार शेर्पालाई थप उपचारको लागि जिल्ला बाहिर लाने क्रममा पाँचथरको हेँवाखेलामा बुधबार अपरान्ह ५ बजे मृत्यु भएको हो । दुर्घटनाबाट घाईते भएका शेर्पालाई उपचारका लागि जिल्ला अस्पताल ल्याइएको थियो । शरीरका विभिन्न अङ्गमा गम्भिर चोट लागेको कारण थप उपचारको लागि सुविधा सम्पन्न अस्तपालमा लाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीको भनाई छ ।

शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल ताप्लेजुङको शव गृहमा राखिएको छ । आठराई त्रिवेणी गाउँपालिका ५ दोभानबाट फाकुम्बा तर्फ जाँदै गरेको प्र १–०२–००३ त २८१३ नम्बरको ट्याक्टर बुधबार बिहान ९ बजे दोभान–फाकुम्बा सडक खण्डमा दुर्घटना भएको प्रहरी निरीक्षक लुङगली जानकारी दिनुभयो ।

ट्याक्टर चालक उमेश लिम्बूलाई इलाका प्रहरी कार्यालय दोभानको टोलीले नियन्त्रणमा लिएको छ । चालक लिम्बूलाई आज जिल्ला प्रहरी कार्यालय ताप्लेजुङमा ल्याएर थप अनुसन्धान अघि बढाइने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : 6:00 am

मिक्वाखोला:थलङ स्पोर्टिङ क्लब र रेड डेभिल्स ईलाम फाईनलमा भिड्ने

रेडियो काबेलीताप्लेजुङ । जिल्लाको मिक्वाखोला गाउँपालिका –४ थलङमा जारी आमन्त्रीत

फुङलिङले चुम्यो कञ्चनजंघा सेसेलुङ महिला गोल्ड कप उपाधि

ताप्लेजुङ, मङ्सिर २० गते । कञ्चनजंघा सेसेलुङ महिला गोल्ड कपको

सेसेलुङ महिला गोल्ड कप : आज उपाधिका लागि मेरिङदेन र फुङलिङ भिड्दै

ताप्लेजुङ, मंसिर २० गते । ताप्लेजुङमा जारी कञ्चनजङ्घा सेसेलुङ महिला

मिक्वाखोला : थलङ स्पोर्टिङ क्लब र फङफङदेन स्पोर्टिङ क्लब सेमिफाइनलमा प्रवेश

रेडियो काबेलीताप्लेजुङ । जिल्लाको मिक्वाखोला गाउँपालिका –४ साँबामा जारी आमन्त्रीत

 सेसेलुङ महिला गोल्ड कपको उपाधिका लागि मेरिङदेन र फुङलिङ भिड्दै

ताप्लेजुङ, मंसिर १९ गते । ताप्लेजुङमा जारी कञ्चनजङ्घा सेसेलुङ महिला