ट्याक्टर दुर्घटनाबाट घाईते भएका फाकुम्बाका युवकको मृत्यु



ताप्लेजुङ । ताप्लेजुङमा ट्याक्टर दुर्घटनाबाट घाईते भएका युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा मैवाखोला गाउँपालिका ६ फाकुम्बाका ३४ वर्षीय फुतेम्बा शेर्पा रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक, प्रहरी प्रवक्ता कमल कुमार लुङगेलीले बताउनुभयो ।

उहाँका अनुसार ट्याक्टरमा सवार शेर्पालाई थप उपचारको लागि जिल्ला बाहिर लाने क्रममा पाँचथरको हेँवाखेलामा बुधबार अपरान्ह ५ बजे मृत्यु भएको हो । दुर्घटनाबाट घाईते भएका शेर्पालाई उपचारका लागि जिल्ला अस्पताल ल्याइएको थियो । शरीरका विभिन्न अङ्गमा गम्भिर चोट लागेको कारण थप उपचारको लागि सुविधा सम्पन्न अस्तपालमा लाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीको भनाई छ ।

शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल ताप्लेजुङको शव गृहमा राखिएको छ । आठराई त्रिवेणी गाउँपालिका ५ दोभानबाट फाकुम्बा तर्फ जाँदै गरेको प्र १–०२–००३ त २८१३ नम्बरको ट्याक्टर बुधबार बिहान ९ बजे दोभान–फाकुम्बा सडक खण्डमा दुर्घटना भएको प्रहरी निरीक्षक लुङगली जानकारी दिनुभयो ।

ट्याक्टर चालक उमेश लिम्बूलाई इलाका प्रहरी कार्यालय दोभानको टोलीले नियन्त्रणमा लिएको छ । चालक लिम्बूलाई आज जिल्ला प्रहरी कार्यालय ताप्लेजुङमा ल्याएर थप अनुसन्धान अघि बढाइने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १३ बैशाख २०८१, बिहीबार ०६:००

नयाँ प्रधानमन्त्रीका लागि कार्यकक्ष तयार गरिँदै

ताप्लेजुङ, भदौ २७ गते । गृह मन्त्रालयको नयाँ बन्दै गरेको

ताप्लेजुङमा कफ्‍‍र्यू लम्बियो

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङमा कफ्‍‍र्यू लम्बिएको छ ।

फुङ्लिङ बजार अब शुक्रबार पनि खुला हुने

रेडियो काबेलीताप्लेजुङ । ताप्लेजुङको सदरमुकाम फुङलिङ बजार शुक्रबार पनि खुला

ताप्लेजुङमा पुन थपियो निषेधज्ञा: बिहान १० बजेदेखी साँझ ५ बजेसम्म लागु हुने

ताप्लेजुङ । ताप्लेजुङमा शान्ति सुरक्षा कायम राख्न भन्दै जिल्ला प्रशासन

प्रक्रियाबाट शान्ति कायम गर्न अमेरिकी सिनेटरहरूको आग्रह

ताप्लेजुङ, भदौ २७ गते । नेपालमा विकसित भएको घटनाबारे अमेरिकाको वैदेशिक