जंगली च्याउ खाँदा फुङलिङमा २ जना बिरामी



ताप्लेजुङ । ताप्लेजुङको फुङलिङमा जंगली च्याउ खाँदा २ जना बिरामी भएका छन् । फुङलिङ नगरपालिका २ का ६६ वर्षीय हर्क बहादुर तुम्बापो र ६५ वर्षीय चन्द्रा तुम्बापो बिरामी भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक, प्रहरी प्रवक्ता तथा सूचना अधिकारी कमलकुमार लुङ्गेलीले जानकारी दिनुभयो ।  

उहाँका अनुसार तुम्बापो दम्पतीले उत्तिसको रुखमा भएको रातो जंगली च्याउ खाएपछि पेट दुख्न सुरु भएको थियो । बिसन्चो अनुभव भएपछि घरेलु औषधी बनाइए खाएको दम्पतीलाई थप समस्या देखिएपछि जिल्ला अस्पताल ल्याइएको थियो । रिगंटा लाग्ने, बान्ता हुने र मुखहरू झमझमाउने जस्ता समस्या देखिएपछि आज बिहान अस्पताल ल्याइएको बिरामीका आफन्त बताएका छन् । 

हर्कबहादुरको मुटुमा समस्या देखिएपछि उपचारको लागि आज मध्यान्ह साढे १२ बजे सुविधा सम्पन्न अस्पतालमा चिकित्सकले रेफर गरेको प्रहरी निरीक्षक लुङ्गेलीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : 12:56 pm

हुलाक कर्मचारीको क्षमता अभिवृद्धिका लागि तालिम

ताप्लेजुङ, माघ १६ गते । कर्मचारीहरूको क्षमता अभिवृद्धिका लागि जिल्ला

फक्ताङ्लुङद्वारा उच्च शिक्षा र प्राविधिकका विद्यार्थीलाई छात्रवृति

सौगात विष्टताप्लेजुङ, माघ १६ गते । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाले पालिकाका

प्रथम लिङ्तेप गोल्डकपको उपाधि पाँचथरलाई

 ताप्लेजुङ, माघ १३ गते । प्रथम लिङ्तेप गोल्डकपको उपाधि कुम्मायक कुसायक

प्रथम लिङ्तेप गोल्डकप : उपाधिका लागि साथीभाइ र पाँचथर भिड्दै 

ताप्लेजुङ, माघ १३ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–४ लिङ्तेपमा जारी