जंगली च्याउ खाँदा फुङलिङमा २ जना बिरामी



ताप्लेजुङ । ताप्लेजुङको फुङलिङमा जंगली च्याउ खाँदा २ जना बिरामी भएका छन् । फुङलिङ नगरपालिका २ का ६६ वर्षीय हर्क बहादुर तुम्बापो र ६५ वर्षीय चन्द्रा तुम्बापो बिरामी भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक, प्रहरी प्रवक्ता तथा सूचना अधिकारी कमलकुमार लुङ्गेलीले जानकारी दिनुभयो ।  

उहाँका अनुसार तुम्बापो दम्पतीले उत्तिसको रुखमा भएको रातो जंगली च्याउ खाएपछि पेट दुख्न सुरु भएको थियो । बिसन्चो अनुभव भएपछि घरेलु औषधी बनाइए खाएको दम्पतीलाई थप समस्या देखिएपछि जिल्ला अस्पताल ल्याइएको थियो । रिगंटा लाग्ने, बान्ता हुने र मुखहरू झमझमाउने जस्ता समस्या देखिएपछि आज बिहान अस्पताल ल्याइएको बिरामीका आफन्त बताएका छन् । 

हर्कबहादुरको मुटुमा समस्या देखिएपछि उपचारको लागि आज मध्यान्ह साढे १२ बजे सुविधा सम्पन्न अस्पतालमा चिकित्सकले रेफर गरेको प्रहरी निरीक्षक लुङ्गेलीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : 12:56 pm

मैवाखोलाले विपन्न नागरिकको स्वास्थ्य बीमा गरिदिने

ताप्लेजुङ, साउन २१ गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले आर्थिक रूपमा

ताप्लेजुङमा अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रमको वार्षिक समीक्षा सम्पन्न

ताप्लेजुङ, साउन २१ गते । अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रमको

पालिका अध्यक्षको पारिश्रमिक अभिभावकविहीन बालबालिकालाई

ताप्लेजुङ, साउन २१ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका अध्यक्ष राजन

तमोर मेवा जलविद्युत आयोजनाको सुरुङ खन्ने कार्य सुरु

ताप्लेजुङ, साउन २१ गते । तमोर मेवा जलविद्युत आयोजनाको सुरुङ

ताप्लेजुङ गोल्ड : आयोजक टोलीबाट खेलाडी छनोट,  सबै खेलाडी जिल्ला भित्रकै 

ताप्लेजुङ, साउन २१ गते । चौथो अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्ड