ताप्लेजुङको पाथिभरा याङ्वरकको जङ्गलमा लागेको आगोका कारण ५६ हजारको क्षति




ताप्लेजुङ । ताप्लेजुङको पाथिभरा याङ्वरक गाउँपालिका-२ ओलोकको जङ्गलमा लागेको आगोले एक चौपाया र काठ जलि पूर्ण रुपमा नष्ट भएको छ ।

आज दिउँसो पाथिभरा याङवरक निवासी चन्द्र तिवारीको फुसले छाएको गोठमा आगो पस्दा गोठमा भएको गाई र गोठ भित्र राखिएको धन बहादुर बुढाथोकीको ८० किबी काठ पूर्ण रुपमा जलेर नष्ट भएको हो । 

आगलागीबाट करिब ५६ हजार रुपैयाँको क्षति भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक, प्रहरी प्रवक्ता तथा सूचना अधिकारी कमल कुमार लुङगेलीले जानकारी दिनुभएको छ । 

आगो प्रहरी तथा स्थानीय बासिको सहयोगमा करिब ४ बजे पूर्ण रुपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति : 12:51 pm

बसाइँ सराईका लागि सिरिजङ्घामा जग्गा खरिद अनिवार्य

ताप्लेजुङ, जेठ २५ गते । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले आफ्नो क्षेत्रभित्र

रोकिएको केबुलकार चाँडो सुरु गर्न माग 

ताप्लेजुङ, जेठ २५ गते । रोकिएको निर्माणाधीन केबुलकार परियोजना चाँडो

विकास आयोजनाहरू शीघ्र सम्पन्न गर्न दबाब दिन फुङलिङमा वृहत् शान्ति र्‍याली हुँदै

ताप्लेजुङ, जेठ २४ गते । ताप्लेजुङमा सञ्चालन तथा निर्माणाधीन विकास

श्रम संस्कृति पार्टीद्वारा मुधिङकोक्मा पार्क क्षेत्रमा सरसफाइ 

ताप्लेजुङ, जेठ २४ गते । श्रम संस्कृति पार्टी ताप्लेजुङले जिल्लाको

रास्वपा ताप्लेजुङको सभापतिमा गुरुङ

ताप्लेजुङ, जेठ २४ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ताप्लेजुङ