ताप्लेजुङको पाथिभरा याङ्वरकको जङ्गलमा लागेको आगोका कारण ५६ हजारको क्षति




ताप्लेजुङ । ताप्लेजुङको पाथिभरा याङ्वरक गाउँपालिका-२ ओलोकको जङ्गलमा लागेको आगोले एक चौपाया र काठ जलि पूर्ण रुपमा नष्ट भएको छ ।

आज दिउँसो पाथिभरा याङवरक निवासी चन्द्र तिवारीको फुसले छाएको गोठमा आगो पस्दा गोठमा भएको गाई र गोठ भित्र राखिएको धन बहादुर बुढाथोकीको ८० किबी काठ पूर्ण रुपमा जलेर नष्ट भएको हो । 

आगलागीबाट करिब ५६ हजार रुपैयाँको क्षति भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक, प्रहरी प्रवक्ता तथा सूचना अधिकारी कमल कुमार लुङगेलीले जानकारी दिनुभएको छ । 

आगो प्रहरी तथा स्थानीय बासिको सहयोगमा करिब ४ बजे पूर्ण रुपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति : १२ बैशाख २०८१, बुधबार १२:५१

मिङ्मा अर्थात् ‘किलर माउन्ट केटु’का कीर्तिमानी आरोही

ताप्लेजुङ । सन् २०२१ को जनवरी १६, शनिबार साँझ ४ः४८

फुङलिङ नगरपालिका ४, ५, ६ र ७ को सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न

ताप्लेजुङ । फुङलिङ नगरपालिकाको आयोजनामा सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न भएको

आईटी एकेडेमीबाट १७ जना बने फुल स्ट्याक डेभलपर

ताप्लेजुङ । ताप्लेजुङमा आईटी एकेडेमीले पहिलो पटक १७ जना वेभ

मेरिङदेन अपाङ्गता समाजको अध्यक्षमा दोर्जी शेर्पा चयन

रेडियो काबेलीताप्लेजुङ । मेरिङदेन अपाङ्गता समाजको अध्यक्षमा दोर्जी शेर्पा चयन

जनतासँग जनप्रतिनिधि कार्यक्रम हाङदेवाबाट सुरु

ताप्लेजुङ । फुङलिङ नगरपालिकाले जनतासँग जनप्रतिनिधि कार्यक्रम सुरु गरेको छ