पाथिभरा क्षेत्रमा लैजाँदै गरेको मदिरा प्रहरीको नियन्त्रणमा 



ताप्लेजुङ । ताप्लेजुङको पवित्र धार्मिक स्थल पाथिभरा मन्दिर क्षेत्रमा लैजाँदै गरेको मदिरा नियन्त्रणमा लिइएको छ । सदरमुकाम फुङलिङ बजारबाट निषेधित क्षेत्र पाथिभरा मन्दिर क्षेत्रमा लैजाँदै गरेको अवस्थामा उक्त मदिरा जन्य पदार्थ नियन्त्रणमा लिइएको हो ।   

आज दिउसो फुङलिङ नगरपालिका–९ देउरालीमा जिप्रका ताप्लेजुङबाट खटिएको प्रहरी टोलीले विभिन्न सवारी साधनहरू चेकिङ गर्ने क्रममा १ काटुन खुकुरी रम (मदिरा जन्य पदार्थ) फेला पारी नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक, प्रहरी प्रवक्ता तथा सूचना अधिकारी कमल कुमार लुङगेलीले जानकारी दिनुभएको छ ।  

पाथिभरा मन्दिरमा आउने तीर्थयात्रीहरूको स्वास्थ्यलाई मध्यनजर गर्दै पाथिभरा क्षेत्र विकास समितिले केही समय अघि मात्र मदिरा जन्य पदार्थ बिक्री वितरण निषेध गर्ने निर्णय गरेको थियो । 

प्रकाशित मिति : 2:23 pm

बसाइँ सराईका लागि सिरिजङ्घामा जग्गा खरिद अनिवार्य

ताप्लेजुङ, जेठ २५ गते । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले आफ्नो क्षेत्रभित्र

रोकिएको केबुलकार चाँडो सुरु गर्न माग 

ताप्लेजुङ, जेठ २५ गते । रोकिएको निर्माणाधीन केबुलकार परियोजना चाँडो

विकास आयोजनाहरू शीघ्र सम्पन्न गर्न दबाब दिन फुङलिङमा वृहत् शान्ति र्‍याली हुँदै

ताप्लेजुङ, जेठ २४ गते । ताप्लेजुङमा सञ्चालन तथा निर्माणाधीन विकास

श्रम संस्कृति पार्टीद्वारा मुधिङकोक्मा पार्क क्षेत्रमा सरसफाइ 

ताप्लेजुङ, जेठ २४ गते । श्रम संस्कृति पार्टी ताप्लेजुङले जिल्लाको

रास्वपा ताप्लेजुङको सभापतिमा गुरुङ

ताप्लेजुङ, जेठ २४ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ताप्लेजुङ