माओवादी केन्द्र ताप्लेजुङले सुदृढीकरण अभियान सञ्चालन गर्ने



ताप्लेजुङ । नेकपा (माओवादी केन्द्र) ताप्लेजुङले पार्टी सङ्गठन सुदृढीकरण अभियान सञ्चालन गर्ने भएको छ । माओवादीले दुई महिने पार्टी सङ्गठन सुदृढीकरण अभियान सञ्चालन गर्ने भएको हो ।

यही वैशाख १५ देखि असार १५ गतेसम्म पूर्वेली पार्टी सङ्गठन सुदृढीकरण अभियान सञ्चालन हुने माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा ताप्लेजुङ इन्चार्ज खेलप्रसाद बुडाक्षेत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार अभियानमा कार्यकर्ता भेटघाट, बैठक, सङ्गठन निर्माण लगायतका क्रियाकलाप हुने छ ।

माओवादी केन्द्र जिल्ला समितिले पत्रकार सम्मेलन गरी दुई महिने अभियान सञ्चालन गर्नेबारे जानकारी गराएको हो । केन्द्रीय तथा प्रदेश समितिका सदस्यहरूको नेतृत्वमा प्रत्येक स्थानीय तह र वडा वडामा पुगेर अभियान सञ्चालन गरिने जिल्ला संयोजक विष्णुकुमार हाङ्बाङले जानकारी दिनुभयो ।

प्रकाशित मिति : 1:09 pm

महाशिवरात्रि फुटबलको उपाधि तेह्रथुमलाई

ताप्लेजुङ, चैत २२ गते । ताप्लेजुङमा सम्पन्न भएको विशेष महाशिवरात्रि

प्रहरीको आयोजनामा दौड प्रतियोगिता

ताप्लेजुङ, चैत २२ गते । जिल्ला प्रहरी कार्यालयले हरित पैदल

आईटी एकेडेमीबाट दीक्षित भएका प्रशिक्षार्थीलाई प्रमाणपत्र 

 ताप्लेजुङ, चैत १९ गते । ताप्लेजुङमा रहेको एक मात्र आईटी

मेरिङ्देन गाउँपालिकाले स्नातक तह अध्ययन गर्ने विद्यार्थीको शुल्क तिरिदिने 

ताप्लेजुङ, चैत १८ गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिकाले उच्च शिक्षा

पूर्व प्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

ताप्लेजुङ, चैत १४ गते । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ