हिमाली बस्ती याङ्मामा बाल शिक्षा र स्वास्थ्य एकाइ स्थापना



रेडियो काबेली
ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका ७ याङ्मामा बाल शिक्षा र सामुदायिक स्वास्थ्य एकाइ स्थापना भएको छ । गाउँपालिकाले हिमाली बस्ती याङ्मामा प्रारम्भिक बाल शिक्षा केन्द्र र सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरेको फक्ताङलुङ गाउँपालिका अध्यक्ष राजन लिम्बु (मुक्ति ) ले जानकारी दिनुभयो । 

सञ्चार सेवाको पहुँचबाट समेत टाढा रहेको यस क्षेत्रका बासिन्दाले स्वास्थ्य एकाई नहुँदा प्राथमिक उपचारका लागि समेत एक दिनको पैदल यात्रा गरेर ओलाङचुङगोला पुग्नु पथ्र्यो । अब भने त्यो बाध्यात्मक स्थिति हटेको छ ।

१० घर मात्रै रहेकोले याङ्मामा यस अघि विद्यालय रहेको भने तापनि बसाइँसराइले पठनपाठन भने बन्दको अवस्था रहेकोमा त्यहाँका बालबालिकाले पढाईबाट बञ्चित भएकाले बालबालिकाले पढाईबाट बञ्चित हुनु नपरोस् भनेर प्रारम्भिक बाल शिक्षा  केन्द्र स्थापना गरिएको अध्यक्ष लिम्बुको भनाई  छ । 

प्रकाशित मिति : 12:33 pm

दोस्रो साङ्धुङ्गे माङ्गेना कप मंसिर १३ गतेदेखी हुने

रेडियो काबेलीताप्लेजुङ । दोस्रो साङ्धुङ्गे माङ्गेना कप–२०८२ मंसिर १३ गतेदेखी

एनपिएलमा आज सुदूरपश्चिम रोयल्स र काठमाडौं गोर्खाज भिड्दै

काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज

ताप्लेजुङबाट चार शङ्कास्पद बोलेरो जिप पक्राउ

ताप्लेजुङ, मंसिर २ गते । ताप्लेजुङबाट चार वटा शङ्कास्पद बोलेरो

ताप्लेजुङको तेम्बा बजारमा आगलागी हुँदा ४ घर जलेर नष्ट

ताप्लेजुङ, मंसिर ३ गते । ताप्लेजुङमा आगलागी हुँदा ४ घर

फुङलिङ नगरपालिकाले दियो  स्थानीय बिदा

ताप्लेजुङ, मंसिर १ गते । फुङलिङ नगरपालिकाले आज स्थानीय बिदा