ताप्लेजुङको पाथीभरा क्षेत्रमा मदिरा निषेध



ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा क्षेत्रमा मदिरा निषेध गरिएको छ । पाथीभरा (मुक्कुमलुङ) पवित्र तथा प्रसिद्ध धार्मिकस्थल भएकाले सो क्षेत्रमा मदिरा निषेध गरिएको हो ।

पाथीभरा क्षेत्रअन्तर्गत काफ्लेपाटी, बलुडाँडा, गुराँसे हुँदै माथिल्लो फेदीमा बजार तथा होटल सञ्चालनमा रहेका छन् । सो क्षेत्रमा मदिराजन्य वस्तुको सेवन तथा कारोबार गर्न निषेध गरिएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।

समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङका अनुसार पाथीभरा दर्शनमा आउने तीर्थयात्रीको शान्ति सुरक्षा र स्वास्थ्य संवेदनशीलतालाई समेत दृष्टिगत गरी मदिरा निषेध गरिएको छ ।

समितिको बैठकले काफ्लेपाटी र सोभन्दा माथिको क्षेत्रमा मदिराजन्य वस्तु सेवन गर्न र बेचबिखन गर्न पूर्णरुपमा निषेध गर्ने निर्णय गरिएको हाङ्बाङले जानकारी दिनुभयो । पाथीभरा क्षेत्रमा मदिराजन्य पदार्थको सेवन, ओसारपसार र बिक्री वितरण गर्न पूर्णरुपमा निषेध गरिएसँगै यसलाई प्रभावकारी कार्यान्वयनका लागि सबै पक्षसँग समितिले आग्रह पनि गरेको छ ।

मदिरा निषेध गर्ने निर्णयको उल्लङ्घन भएमा कानुनबमोजिम कारबाही हुने पनि समितिले सम्बन्धित सबैलाई सचेत गराएको छ ।gorkhapatraonline.com

प्रकाशित मिति : 11:23 am

नापी कार्यालय ताप्लेजुङद्वारा झण्डै दोब्बर राजश्व सङ्कलन

ताप्लेजुङ, साउन १० गते । नापी कार्यालय ताप्लेजुङले झण्डै दोब्बर

कफी खेती विस्तारका लागि मैवाखोलामा निःशुल्क बिरुवा वितरण

ताप्लेजुङ, साउन १० गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले कफी खेती

मेची राजमार्गको सडक सीमा पुनरावलोकन गर्न अनुरोध

ताप्लेजु, साउन ९ गते । ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले मेची राजमार्गअन्तर्गत

ताप्लेजुङको लिटल बुद्ध आवासीय माध्यमिक विद्यालयद्वारा फेरि भेटौँला कार्यक्रम सम्पन्न

सौगात विष्ट ताप्लेजुङ, साउन ७ गते । ताप्लेजुङको लिटल बुद्ध

दुर्गादल गुल्मका गुल्मपति उमेश खड्काको सरुवा

ताप्लेजुङ, साउन ६ गते । ताप्लेजुङका दुर्गादल गुल्मका गुल्मपति उमेश