विश्व वरीयतामा दीपेन्द्रसिंह ऐरीको नयाँ कीर्तिमान



नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य दीपेन्द्रसिंह ऐरी आईसीसी टी–२० वरीयताको अलराउन्डरतर्फ ११औँ स्थानमा उक्लिएका छन् । अन्तर्राष्टिय क्रिकेट काउन्सिल (आइसिसी) ले जारी गरेको नयाँ वरीयतामा दीपेन्द्र १४औँ स्थान सुधार गर्दै ११औँ स्थानमा पुग्न सफल भएका हुन् ।

त्यसैगरी ब्याटिङतर्फको विश्व वरीयतामा १६ स्थान सुधार गर्दै ऐरी ६२औँ स्थानमा उक्लिएका छन् । ऐरी अहिले ओमानमा चलिरहेको एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रर्दशन गरिरहेका छन् । उनले कतारविरुद्धको खेलमा एकै ओभरमा छ छक्का प्रहार गरेका थिए ।

ब्याट्सम्यानको नयाँ वरीयतामा नेपाली टोलीका कप्तान रोहितकुमार पौडेल ५३औँ स्थानमा रहँदा आसिफ शेखले ३६ स्थान सुधार गर्दै ७५औँ स्थानमा उक्लेका छन् । त्यस्तै कुशल मल्ल नौ स्थान सुधार गर्दै १००औँ स्थानमा पुगेका छन् ।

प्रकाशित मिति : 12:16 am

मिक्वाखोला:थलङ स्पोर्टिङ क्लब र रेड डेभिल्स ईलाम फाईनलमा भिड्ने

रेडियो काबेलीताप्लेजुङ । जिल्लाको मिक्वाखोला गाउँपालिका –४ थलङमा जारी आमन्त्रीत

फुङलिङले चुम्यो कञ्चनजंघा सेसेलुङ महिला गोल्ड कप उपाधि

ताप्लेजुङ, मङ्सिर २० गते । कञ्चनजंघा सेसेलुङ महिला गोल्ड कपको

सेसेलुङ महिला गोल्ड कप : आज उपाधिका लागि मेरिङदेन र फुङलिङ भिड्दै

ताप्लेजुङ, मंसिर २० गते । ताप्लेजुङमा जारी कञ्चनजङ्घा सेसेलुङ महिला

मिक्वाखोला : थलङ स्पोर्टिङ क्लब र फङफङदेन स्पोर्टिङ क्लब सेमिफाइनलमा प्रवेश

रेडियो काबेलीताप्लेजुङ । जिल्लाको मिक्वाखोला गाउँपालिका –४ साँबामा जारी आमन्त्रीत

 सेसेलुङ महिला गोल्ड कपको उपाधिका लागि मेरिङदेन र फुङलिङ भिड्दै

ताप्लेजुङ, मंसिर १९ गते । ताप्लेजुङमा जारी कञ्चनजङ्घा सेसेलुङ महिला