जिल्ला प्रशासन ताप्लेजुङद्वारा नवीकरण अवधि ५ वर्ष नगरेका हतियार र इजाजतपत्र प्रहरीलाई बुझाउन आग्रह



ताप्लेजुङ। जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले ५ वर्ष भन्दा बढी अवधि नवीकरण नगरेका हतियार र इजाजतपत्र नजिकको प्रहरीलाई बुझाउन आग्रह गरेको छ ।

जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी टंकबहादुर भट्टराईले ५ वर्ष भन्दा बढी अवधि नवीकरण नगरेका हतियार र इजाजतपत्र जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय वा नजिकको प्रहरी चौकीमा अनिवार्य बुझाउनुपर्ने बताउनुभयो ।

प्रशासन कार्यालयले हतियार राख्ने इजाजत पत्र प्राप्त गरी ताप्लेजुङ प्रशासन कार्यालयबाट नवीकरण नभएको तर कानुन बमाजिम अन्य जिल्लाबाट नवीकरण भएको भए त्यसको प्रमाण कागज पेश गर्न एक महिनाको समय दिएको छ ।

उक्त अवधिमा नवीकरण प्रमाण पेश नभएमा वा ५ वर्ष भन्दा बढी अवधि नवीकरण नभएका हतियार र इजाजतपत्र नजिकको प्रहरी कार्यालयमा नबुझाएमा कानुन अनुसार कारवाही हुने चेतावनी पनि प्रशासन कार्यालयले दिएको छ । eujyalopost.com

प्रकाशित मिति : 6:59 am

ताप्लेजुङमा १ बजेदेखि मतगणना सुरु हुने

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा दिउँसो १ बजेदेखि मतगणना

ताप्लेजुङको सबै केन्द्रको मतपेटिका सङ्कलन, सर्वदलीय बैठकपछि गणना गरिने 

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा सबै मतदान केन्द्रका मतपेटिका

ताप्लेजुङका ४ केन्द्रको मतपेटिका सङ्कलनका लागि हेलिकोप्टर प्रस्थान

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङको हिमाली बस्ती फक्ताङलुङ गाउँपालिकाका

ताप्लेजुङमा मतगणनास्थल तयार

ताप्लेजुङ, फागुन २० गते । ताप्लेजुङमा प्रतिनिधिसभा निर्वाचनको मतगणनाको लागि

ताप्लेजुङमा मतदानको तयारी पूरा

ताप्लेजुङ, फागुन २० गते । विहीबार हुने प्रतिनिधि सभा निर्वाचनका