शैक्षिक गुणस्तर सुधारका लागि मेरिङदेनद्धारा बृहत्त शैक्षिक भेला सम्पन्न




रेडियो काबेली
ताप्लेजुङ । शैक्षिक गुणस्तर सुधारका लागि मेरिङदेन गाउँपालिकाले बृहत्त शैक्षिक भेला सम्पन्न गरेको छ । सोमबार पालिका भित्रका ३६ वटै सामुदायिक विद्यालयका प्रधानाध्यापक, जनप्रतिनीधि र अन्य सरोकारवाला व्यक्तिहरुसँग बृहत्त भेला गरि छलफल गरिएको शिक्षा शाखा प्रमुख हरि बहादुर कुँबरले जानकारी दिनुभयो ।

छलफलले सम्पुर्ण सामुदायिक विद्यालयमा अनिवार्य शिक्षण योजना तथा शैक्षिक समाग्री प्रयोग गरी शिक्षण गर्ने, शिक्षण गर्दा शिक्षकलाई जिम्मेवार बनाउने लगायत अन्य पाँचवटा महत्वपुर्ण निर्णय गरिएको कुँबरको भनाई छ । गाउँपालिका अध्यक्ष युक हां विर हांङ्गामले कक्षा ८ को पालिका स्तरीय परिक्षाको नतिजा सन्तोषजनक नभएको र आगामी दिनमा समग्र शिक्षा क्षेत्रको नतिजामा सुधार ल्याउनको लागि पालिकाले बृहत्त छलफल गरेको बताउनुभयो ।


गत चैत्रमा पालिकाले लिएको कक्षा ८ को परिक्षामा पालिकाका १४ वटा बिद्यालयका १९४ जना बिधार्थी सहभागी भएकोमा १३९ बिधार्थी उतिर्ण हुँदा ५५ जना विधार्थी अनुतिर्ण भएका थिए । अध्यक्ष हांङ्गामले ५५ जना बिधार्थी अनुतीर्ण हुनु दुःखद भएको भन्दै स्थानीय तह सहित अन्य सबै सरोकारवाला निकायले आत्मा समिक्षा गरेको बताउँदै आगामी दिनमा नतिजामा सुधार ल्याउन लागि पर्ने प्रतिवद्धता जनाउनुभयो ।


शिक्षकहरु पुरानै प्रणाली अनुसार चलेर नभई नयाँ प्रविधी र प्रणाली अुनसार चल्नुपर्ने अध्यक्ष हांङ्गामको भनाई छ । उहाँले भन्नुभयो,“हरेक शिक्षकको गोजीमा मोबाईल छ । शिक्षकले मोबाईलबाट पनि धेरै कुरा सिकाउन सक्नुहुन्छ । पुरानै प्रणाली अुसार शिक्षकहरु चल्नु भएन । किताब मात्रै नभएर मोबाईल कम्प्युटरको, नयाँ नयाँ प्रविधीको प्रयोग गरि खोज अनुसन्धान गरि आफु सक्षम हुने र त्यसपछि शिक्षण सिकाई प्रकियामा अघि बढ्नु पर्छ । जस्ले नतिजामा गुणस्तर आउँछ ।”


साथै उहाँले अनुगमनका क्रममा देखिएका जिर्ण भवनको स्तरोन्नती गर्ने, खेल प्रशिक्षकहरु राखेर किताबी ज्ञानसँगै खेल क्षेत्रमा पनि अघि बढाउन पालिकाले आवश्यक कदम चाल्ने, अनुगमनलाई बाहिरी रुपमा मात्रै नभई सुक्ष्म रुपमा गर्ने, आर्थिक अवस्था न्युन भएकै कारण पढाईबाट बञ्चित हुने अवस्थाको अन्त्यको गर्नका लागि पालिकाले सिघ्र रुपमा आवश्यक कार्य योजना बनाएर कार्यान्वयन गर्ने बताउनुभयो ।


सहभागी शिक्षकहरुले शिक्षक एक्लैले मात्रै शैक्षिक गुणस्तर सुधार्न सम्भव नभएकोले सबै मिलेर अघि बढ्नु पर्ने आवश्यकता औँल्याउनु भयो । कार्यक्रममा अध्यक्ष हांङ्गाम, उपाध्यक्ष दुर्गा श्रेङ चोङबाङ, शिक्षा शाखा प्रमुख कुँबर सहित पालिका भित्रका ३६ वटै सामुदायिक विद्यालयका प्रधानाध्यापक सहित अन्य शिक्षक साथै जनप्रतिनीधिको सहभागीता रहेको थियो । शैक्षिक गुणस्तरमा सुधार ल्याउन सके मात्रै अन्य क्षेत्रको सुधार हुने कुरामा सहभागी सबैले जोड दिएका थिए ।

प्रकाशित मिति : 3:12 pm

आठराई त्रिवेणी गाउँपालिका–५ मा नवनिर्मित बर्थिङ सेन्टर उद्घाटन

ताप्लेजुङ, असार २१ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–५ दोभानस्थित

आइएमई लाइफ इन्स्योरेन्सद्धारा ताप्लेजुङका समता विद्यालयलाई १ लाख आर्थिक सहयोग

ताप्लेजुङ, साउन २१ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले एक

फुङलिङ नगरपालिकाले ८ वटा वडाको सार्वजनिक सुनुवाइ कार्यक्रम गर्ने

ताप्लेजुङ, असार १७ गते । ताप्लेजुङको फुङलिङ नगरपालिकाले सार्वजनिक कार्यक्रम

फुङलिङ–६ को वडा कार्यालय भवन उद्‌घाटन

ताप्लेजुङ, असार १७ गते । ताप्लेजुङको फुङलिङ नगरपालिका ६ नम्बर