मेरिङदेनमा ५ दिने उद्धघोषण तथा भाषणकला तालिम सुरु




रेडियो काबेली
ताप्लेजुङ । मेरिङदेन गाउँपालिकामा ५ दिने उद्धघोषण तथा भाषणकला तालिम सोमबारबाट सुरु भएको छ । महिलाहरुको क्षमता विकासको लागि पालिकाको चालु आर्थिक वर्ष २०८०÷८१ को बजेटमा तालिम सुरु गरिएको महिला शाखा प्रमुख भावना घर्तीले जानकारी दिनुभयो ।

उद्धघाटन समारोहमा बोल्दै गाउँपालिका अध्यक्ष युक हां विर हाङ्गामले तालिमले महिलाहरुको वाककला साथै क्षमता विकासमा कोशेढुङ्गा साबित हुने बताउनुभयो । त्यस्तै उपाध्यक्ष दुर्गा प्रसाद चोङबाङले कुनैपनि व्यक्ति पछि पर्नुमा बोल्ने कलाले प्रत्यक्ष सरोकार राख्ने भएकोले सहभागीहरुलाई सक्रियताका साथ सिक्नको लागि आग्रह गर्नुभयो ।

तालिममा पालिकाको ६ वटा वडाका ३० जना महिलाको सहभागिता रहेको छ भने तालिम पालिकाको केन्द्र सान्थाक्रामा भई रहेको छ ।

प्रकाशित मिति : 2:10 pm

दोभान आगलागीपीडितलाई पाँच लाख ६० हजार राहत

ताप्लेजुङ, असोज २२ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३, दोभान बजारमा

फुङलिङमा सीमा सुरक्षा बैठक हुँदै

ताप्लेजुङ, असोज २२ गते । ताप्लेजुङ र चीनको स्वशासित क्षेत्र

सडक स्तरोन्नतिपछि मैवाखोलामा नयाँ भाडादर कायम

ताप्लेजुङ, असोज २२ गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले सार्वजनिक सवारी

दोभान बजारका आगलागी पीडितलाई नेवा : समाजको राहत

ताप्लेजुङ, असोज २१ गते । ताप्लेजुङ नेवा : समाज काठमाडौंले

ताप्लेजुङमा चार दिनमा ९५ क्विन्टल चिनी बिक्री

ताप्लेजुङ, असोज २० गते । ताप्लेजुङमा चार दिनको अवधिमा खाद्य