मेरिङदेनमा ५ दिने उद्धघोषण तथा भाषणकला तालिम सुरु




रेडियो काबेली
ताप्लेजुङ । मेरिङदेन गाउँपालिकामा ५ दिने उद्धघोषण तथा भाषणकला तालिम सोमबारबाट सुरु भएको छ । महिलाहरुको क्षमता विकासको लागि पालिकाको चालु आर्थिक वर्ष २०८०÷८१ को बजेटमा तालिम सुरु गरिएको महिला शाखा प्रमुख भावना घर्तीले जानकारी दिनुभयो ।

उद्धघाटन समारोहमा बोल्दै गाउँपालिका अध्यक्ष युक हां विर हाङ्गामले तालिमले महिलाहरुको वाककला साथै क्षमता विकासमा कोशेढुङ्गा साबित हुने बताउनुभयो । त्यस्तै उपाध्यक्ष दुर्गा प्रसाद चोङबाङले कुनैपनि व्यक्ति पछि पर्नुमा बोल्ने कलाले प्रत्यक्ष सरोकार राख्ने भएकोले सहभागीहरुलाई सक्रियताका साथ सिक्नको लागि आग्रह गर्नुभयो ।

तालिममा पालिकाको ६ वटा वडाका ३० जना महिलाको सहभागिता रहेको छ भने तालिम पालिकाको केन्द्र सान्थाक्रामा भई रहेको छ ।

प्रकाशित मिति : 2:10 pm

आज ग्याल्पो ल्होसार : सार्वजनिक बिदा

ताप्लेजुङ, फागुन ६ गते । शेर्पा समुदायले आज विभिन्न कार्यक्रम

साउदीको रियादमा १०औँ सगरमाथा गोल्डकप आयोजना हुँदै

काठमाडौँ । साउदी अरबको राजधानी रियाद मा १०औँ संस्करणको ‘सगरमाथा

ताप्लेजुङको आवाज बन्ने छु : क्षितिज थेबे

ताप्लेजुङ, फागुन ४ गते । आगामी फागुन २१ गते हुने

डिजिटल वक्तृत्वकलामा विद्वता पोखरेल प्रथम

ताप्लेजुङ, फागुन २ गते । ताप्लेजुङको पाथिभरा बहुमुखी क्याम्पसमा सञ्चालन

पाथीभरामा १८ लाख बढी भेटी सङ्कलन

ताप्लेजुङ, फागुन १ गते । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर (मुक्कुमलुङ)