नयाँ वर्षको पहिलो दिन साढे ८ हजार भक्तजन पाथीभरा पुगे



ताप्लेजुङ । आज नयाँ वर्षको दिन चालु आर्थिक वर्षकै सबैभन्दा बढीले पाथीभरा मन्दिरको दर्शन गरेका छन् । पाथीभरा क्षेत्र विकास समितिका अनुसार आज २०८१ सालको पहिलो दिन नै ८ हजार ५ सय २१ जना भक्तजन पाथीभरा पुगेका हुन् ।

पाथीभरा दर्शनका लागि सिजन सुरु भएसँगै तीर्थयात्रीको संख्या बढ्दो क्रममा रहेको छ । गत शनिबार मात्रै ८ हजार १ सय ४ जना पाथीभरा आएको समितिको तथ्याङ्कमा उल्लेख छ । समितिले शुक्रबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको पछिल्ला ९ महिनामा १ लाख ६८ हजार ४ सय ६८ जना पाथीभरा आएका छन् ।  

भक्तालुजनको चाप बढेपछि माथिल्लो फेदी, काफ्लेपाटी, सुकेटार, फुङलिङ बजारका सँगै मेची राजमार्ग आसपासका होटलहरु समेत भरिभराउ भएका छन् । गत आर्थिक वर्षमा मात्र २ लाख १० हजार बढी तीर्थयात्री पाथीभरा आएका थिए भने ३ करोड १९ बेसी भेटी रकम संकलन भएको थियो । 

प्रकाशित मिति : 1:01 pm

केबुलकार खारेजको माग गर्दै ताप्लेजुङ प्रदर्शन

सौगात विष्ट ताप्लेजुङ, माघ १७ गते । पाथिभरा मन्दिर (मुक्कुमलुङ)

हुलाक कर्मचारीको क्षमता अभिवृद्धिका लागि तालिम

ताप्लेजुङ, माघ १६ गते । कर्मचारीहरूको क्षमता अभिवृद्धिका लागि जिल्ला

फक्ताङ्लुङद्वारा उच्च शिक्षा र प्राविधिकका विद्यार्थीलाई छात्रवृति

सौगात विष्टताप्लेजुङ, माघ १६ गते । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाले पालिकाका

प्रथम लिङ्तेप गोल्डकपको उपाधि पाँचथरलाई

 ताप्लेजुङ, माघ १३ गते । प्रथम लिङ्तेप गोल्डकपको उपाधि कुम्मायक कुसायक